लक्ष्मीमार्ग / बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनको मारमा परेका आफ्ना उपभोक्तालाई राहत स्वरुप १ महिनाको न्युनतम महसुल छुट दिने निर्णय गरेको छ ।
संस्थाले २०७७ बैशाख महिनाको न्युनतम महसुल छुट गर्ने घोषणा गरेको हो । सम्पुर्ण उपभोक्ताको छुट रकम करिब ३ लाख रुपैयाँ हुने संस्थाले दावी गरेको छ । छुट घोषणा गर्न संस्थाले विहिबार बेलबारीमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
लकडाउनका कारण रोजगार,व्यापार,व्यवसाय लगायतका आयआर्जनका काम गर्न नपाएका उपभोक्तालाई राहत दिने उद्देश्यले छुट दिने निर्णय गरेको संस्थाका अध्यक्ष महेन्द्र सुवेदी र सचिव अम्बरबहादुर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
संस्थामा व्यक्तिगत तथा संस्थागत गरी १ हजार ६ सय ५० भन्दा धेरै उपभोक्ता रहेका छन् । सबैको न्युनतम शुल्क छुट गर्दा करिब ३ लाख रुपैयाँ बराबरको रकम छुट हुने संस्थाका अध्यक्ष महेन्द्र सुवेदीले जानकारी दिएका दिए ।
व्यक्तिगत तर्फको न्युनतम शुल्क १ सय ५० रुपैयाँ र संस्थागत न्युनतम शुल्क ३ सय रुपैयाँ रहेको छ । न्युनतम भन्दा माथी महसुल उठेको भएमा सो रकम भने उपभोक्ताले तिर्नुपर्नेछ ।