ब्लाष्टखबर । साइबर अपराधको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पत्रकार दीपक पाठक पक्राउ परेका छन् ।
रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पाठकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरेकाे गरिएको साइबर ब्युरो स्रोतले जनाएकाे अनलाइन खबरले जनाएकाे छ ।
झापाका पाठकलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज बहादुर शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले भने ' इबर अपराधको उजुरी परेकाेले नियन्त्रणमा लिएकाे भिएकाे छ, कसकाे उजुरी हाे र कहाँबाट पक्राउ गरिएकाे भन्ने जानकारी भएकाे छैन । '
पत्रकार पाठकले केहिसमय अगडी निकै चर्चामा अाएकाे प्रचण्डले लकडाउनकाे समयमा दाउरामा मासु पकाउदै गरेका तस्बिर शेयर गर्दै ' म जस्ता धेरैले समर्थन गरेका पार्टीमा परिस्थिती जन्य कारणले कार्यकारी अध्यक्षको हैसियतमा पुगेका अत्यन्त महत्वकांक्षी मनुवाको यो स्तरको बुद्दिलाइ मैले भने आश्चर्यको रुपमा लिएको छैन । बरु मैले यतिबेला रोमन सम्राट निरोलाई सम्झी रहेको छु जो सुन्दर शहर रोम जलाएर आफू बार्दलीमा बसेर बासुरी बजाउथे । ' भन्ने स्ट्याट्स आफ्नाे फेसबुक वालमा पाेष्ट गरेकाे देखिन्छ ।
सामाजिक संञ्जालमा प्रचण्ड लक्षित गालिगलाैज गरेका भन्दै छानवीन र कारवाहीका लागि केहिसमय अघि पाठक विरूद्ध प्रेस काउन्सिलमा समेत उजुरी परेकाे जनाइएकाे छ । साइबर क्राइमको अनुसन्धान र कारवाही गर्ने काउन्सिलले नमिल्लाे भन्दै आवश्यक कारवाहीका सञ्चार मन्त्रालयमा पत्राचार गरेकाे काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रष्ठले बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको खुलेकाे छ ।