राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित कोशी बाँधमा गत मृत फेला परेको सुरज साहको हत्या आफ्नै साथीहरुले गरेको पाइएको छ ।
सुजित कुमार मुखिया, प्याँ–प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरे पछि साथीबाटैहत्याको रहस्य खुलेको हो । उनीहरुले घरेलु हतियार प्रयोग गरेको पनि खुलेको छ ।
१० वर्षका सुरजको शव गत चैत ३० गते राती राति हनुमानगर कंकालनी नगरपालिका १ स्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो ।
तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान थालिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।
मार्ने योजना थिएन
खासमा उनीहरुले चोरी गर्ने योजना बनाएका थिए । चोरीका लागि आवश्यक पर्ने सामानहरु कट्टर, खुकुरी र बोरा भेला पारेका थिए । ती समान सुरजले नैल्याएका थिए । खाना खाएर उनीहरु एउटा आँपको रुखमुनी भेला भए ।
चोरी गर्न कहाँ जाने भनेर उनीहरुले टुङ्गो पनि गरे ।
सुरजसँग सोनपीच(सुलेसन) नामक लागूऔषध थियो । सबै मिलेर आएका थिए । राति १०ः३० बजेतिर उनीहरु कंकालिनी मन्दिर अगाडि पुगे । नसाको सुरमा रहेका उनीहरु जिस्किन थाले । सुजितकुमारले ताल्चा काट्ने कटरले सुरजको टाउकोमा हाने । उनी ठाउँको ठाउँबेहोस भएर ढले ।
अचानाक उनी ढले पछि डोरीले घाँटीमा बाधेर मारे । बाटोमा लादैं गर्दा जिवित रहेको थाहा पाए पछि कोशी बाँधको छेउमा लगेर खुकुरीले टाउकोमा तीन–तीन पटक प्रहार गरेको र शव त्यहीँ छाडेर गएको अभियुक्तहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।