बिर्तामोड । कोरोना संक्रमणको भयका कारण एक महिनादेखि सिमा लक छ । सिमा लक भएपनि दुब्र्यसनीले लागूऔषध ओसार पसारलाई निरन्तरता दिएको पाइएको छ ।
प्रहरीले झापाको काँकडभिट्टामा निर्माणधिन मेची पुलबाट ठुलो परिमाणमा लागूऔषध ब्राउन सुगर बरामद गरेपछि दुब्र्यसनीले त्यसको कारोबारलाई निरन्तरता दिएको खुलेको हो । अहिले ब्राउन सुगर ओसार पसारमा सिमा नाकाका स्थानीय संलग्न हुने गरेको समेत पाइएको झापा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिषेश सुचनाका आधारमा मेचीनगर ६ को निर्माणाधिन मेची पुलमुनी खाल्डो खनेर पुर्दै गरेको अवस्थामा ८५ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
ब्राउन सुगर पुर्दै गर्दा प्रहरीले सोही स्थानका बच्चु चौधरीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बरामद गरेको लागूऔषध इलाका प्रहरी कार्यालय र चौधरीलाई मेचीनगर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखेर अनुसंधान शुरु गरेको जनाएको छ ।