धरान । धरान प्रहरीले एक वर्षको अवधिमा लागूऔषध मुद्दामा एक महिलासहित १०५ जनालाई पक्राउ गरेको छ ।

७९ मुद्दामा एक महिलासहित १०५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इप्रका धरानको तथ्याङ्कमा २०७६ वैशाखदेखि २०७७ वैशाख १५ गतेसम्ममा सबैभन्दा बढी गाँजा बरामद गरिएको छ । यो अवधिमा १८ केजी ७५० ग्राम गाँजा बरामद गरिएको हो । इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार टिडीजेसिक अन्तर्गत जनही ८३८ थान एभिल, लुपिजेसिक र डाइजेलाब बरामद गरेको छ । त्यस्तै फेनारगन ३४ एम्पुल बरामद गरिएको छ । डिसलेक्स डिसी नामक २८६ बोतल बरामद गरिएको छ ।

यसअवधिमा नाइट्रोसन १ हजार २५ ट्याब्लेट, ९१ ग्राम ७९० मिलिग्राम खैरौ हिरोइन, १८ केजी ७५० ग्राम गाँजा, १ दशमलव ८ ग्राम चरेस र १५ हजार ८२० क्याप्सुल स्पास्मोप्रोक्सिभन बरामद गरिएको छ । यो अन्य वर्षहरूभन्दा बढी हो ।