ब्लाष्टखबर । कर्मचारीले अस्पतालकाे सामान चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना अस्पतालमा छापा मारेको छ ।
हेटौंडाबाट आएको अख्तियार टोलीले मंगलबार दिउँसो दिउसाे छापा मारेकाे हाे । यस अघि कर्मचारीहरूले मेनिटर, प्रिन्टर लगायतका मेडिकल सामाग्रहरूसहित ३ पाेकाे रातिकाे समयमा लिएर जादै गरेकाे भिडियाे बाहिरिएकाे थियाे । एक कर्मचारीमाथि हातपात भएकाे पनि भिडियाेमा देखीएकाे थियाे । कोरोना विशेष (अस्थायी) अस्पतालकाे रूपमा संञ्चालन भएकाे उक्त अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ ।