धरान  / धरान ११ दुर्गाचोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा नेपाली काँग्रेसका सुनसरी जिल्ला समिति सदस्यका छोराको र्मतयु भएको छ ।
धरान १६ निवासी माधव घिसिङका छोरा वर्ष २४ को विशाल घिसिङको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको इलाकाप्रहरी कार्यालय धरानले जनाएको छ ।

आमाको बर्थ डेकालागि को ३४ प १०३९ नम्बरको मोटरसाईकलमा सामान किन्न जाँदै गर्दा दुर्गा चौकमा दुर्घटनामा परेको बताइएको छ । उनलाईउपभचारको लागि वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको धरान १८ कावडा अध्यक्ष नरेन्द्र राईप्रविणले जानकारी दिए ।