धरान / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका छन् ।
आइतबार प्रदेश सरकारको सहयोगमा धरानस्थित वीपी प्रतिष्ठानले तयार पारेको एक सय बेडको कोभिड -१९(कोरोना भाइरस) अस्पतालको निरीक्षणको क्रममा स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गरेका हुन । ‘तपाईहरु उच्च मनोवलकासाथ काम गर्नु होस् । तपाईहरुको साथमा प्रदेश सरकार छ । हामी सबै तयारी अवस्थामा छौं ।’–मुख्यमन्त्री राईले भने–‘२ सय बेडको कोरोना अस्पताल बनि सकेको छ । ठाउँ ठाउँमा क्वारेन्टाइन बनाएका छौं । अझ पूर्वाधार तयारी गरिरहेका छौं । कोहीआतिनु पर्ने अवस्था छैन् ।’
प्रदेश एक कोरोना भाइरसको केन्द्र विन्दुकोरुपमा देखा परे पनि हामीले राम्रो तयारी गरेका छौं । कुनै आतिनु पर्ने अवस्था नभएको उनले बताए । एक हप्ताको समयमा विराटनगर र धरानमा कोरोना अस्पताल निर्माण भएको बताउदैं स्वास्थ्यकर्मीहरुका लागि प्रदेश सरकारले विमाको व्यवस्थासमेत गरेको बताए । सबै प्रकारका विकल्प, उपाय र प्रयासहरुको साथमा कोडिभ १९ लाई पराजित गर्न हामी लागेका छौं । सबैले सहयोग गर्नसमेत उनले आग्रह गरेका छन् ।
उनले प्रतिष्ठानको कोरोना अस्पतालको निरीक्षण पछि प्रतिष्ठानको ल्यावको निरीक्षण गरेका थिए । उनीसँगै सभामुख प्रदिप भण्डारी, सामाजिक विकास मन्त्री जीवन घिमिरे, मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीलगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्री राईले हिजो हेलिकप्टरबाट आफै भोजपुरको हतुवागढी, उदयपुरको भुल्केमा स्वास्थ्य सुरक्षाका सामाग्रीसमेत पु¥याएर आएका छन् । प्रदेश १ मा २९ जनामा कोरोनासंक्रमण देखिएको छ । उनीहरुकोअवस्था सामान्य रहेको जनाइएको छ ।