ब्लाष्टखबर । भोजपुर पौवादुम्मा-४ कात्तिके बस्ने ५४ बर्षीय बल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ । शनिबा बेलुका आफ्नै खेतबाट पराल बोकी घर तर्फ आउदै गरेका कार्की बिच बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भिरबाट करिब ३५ मिटर तल झरी बझारिदा उनको घटनास्थलमै मृत्यु भएको हाे । 

घटना पछि स्थानियले आज बिहान प्रहरी चौकी वास्तिममा जानकारी गराएकाे जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ । जानकारी प्रहरी टोली घटना स्थलमा पुगी कानुनी कारबाही भईरहेको  पनि कार्यालयले जनाएकाे छ ।