कालाबञ्जार । जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीलाई ३० थान व्यक्तिगत सुरक्षा उपकरण –पीपीइ) र ज्वरो मापनका लागि थर्मोमिटर प्रदान गरिएको छ ।

वल्र्डभिजन इन्टरनेशनल नेपाल र नेपाली जुटौं संस्थाले ३० थान पीपीइ र ४ थान ज्वरो मापनका लागि थर्मल गन थर्मोमिटर प्रदान गरिएको हो । प्रदेश १ कोरोनाको उच्च जोखिममा रहेकाले सुनसरीमा कोरोनाको संक्रमणलाई दृष्टिगत गरी सहयोग गरिएको वल्र्डभिजनका कार्यक्रम अधिकृत राजकुमार दुलालले जानकारी दिए । सामग्री प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरिएको छ । वल्र्डभिजनका कार्यक्रम अधिकृत दुलाल र सहजकर्ता सेभ द अर्थका अध्यक्ष पुष्पबहादुर भट्टराईले सामग्री प्रजिअ पौडेललाई हस्तान्तरण गरे ।