लक्ष्मीमार्ग । मोरङको बेलबारी स्थीत बजार अनुगमनका क्रममा एउटा खाद्य उद्योग र एउटा किराना पसल कारवाहीमा परेका छन् । बिहिबार गरिएको बजार अनुगमनमा ति दुईलाई कार्वाही गरिएको हो ।
बिन्दावासिनी खाद्य उद्योग र प्रदिप स्टोरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु तथा साना उद्योग ,बेलबारी उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, बेलबारी नगरपालिका लागयतका संघ सस्थाहरुले अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा केहि म्याद गुज्रिएका खाद्य सामग्री पसलमा भेटिएपछि प्रदिप स्टोरलाई २० हजार जरिवाना गरीएको घरेलु तथा साना उद्योग कार्यालय मोरङका गोकुल केसीले बताए । त्यस्तै बिन्दावासिनी खाद्य उद्योगले ब्याच नम्बर प्रयोग नगरी चामल बिक्री गरेको पाइएपछि बिक्री गर्न तत्काललाई रोक लगाइएको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली बताउछिन् ।
लकडाउन अवधिमा कुनै पनि उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्ने उदेश्यका साथ मुल्यमा बेलबारी नगरपालिका, इलाका प्रहरी कार्यलय र बेलवारी उद्योग वाणिज्य संघको केहि दिनअघी संयुक्त रुपमा भएको बजार अनुगमनबाट दैनिक उपभोग्य खाद्य बस्तुको मुल्यमा एकरुपता ल्याएको छ ।
अनुगमनका क्रममा बेलबारीका सबै पसलमा उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै मुल्य सुचि टाँसेर राखेको पाईएको छ ।