धनकुटा / जिल्ला प्रहरी कार्यालय धनकुटाले श्रीमानको हत्या गर्ने महिला विरुद्ध मुद्वा दर्ता गरेको छ ।  जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.४ तेलियाकी वर्ष ३९ की धनमाया थोक्लेन लिम्वुलाई जिल्ला अदालत धनकुटामा कर्तव्य ज्यान सम्वन्धि मुद्वा दर्ता गराएको हो । लिम्बुले आफ्नै श्रीमान वर्ष ४७ का इन्द्र वहादुर आङ्गला लिम्वुलाई आइतवार राती सुंगुर रोप्ने कर्दले शरिरको विभिन्न भागमा रोपेर हत्या गरेको प्रहरीले जनाएको छ ।
इन्द्रवहादुरले आफ्नी जेठी श्रीमतीको तीन वर्ष अघि मृत्यु भए पछि कान्छी श्रीमतीको रुपमा करिव ११ महिना अघि धनमायालाई घर भित्र्याएका थिए । तिनै श्रीमतीले इन्द्र वहादुरको ज्यान लिएको वताइएको छ । मादक पदार्थ सेवन गरेर एक आपसमा सुँगुर माउ बेचेको पैसाको विषयलाई लिएर श्रीमान / श्रीमती विच विवाद भएको सोही क्रममा धनमायाले इन्द्र वहादुरलाई कर्दले घोचेर हत्या गरेको प्रहरीले वताएको छ ।
श्रीमानको हत्यमा संलग्न लिम्वुलाई आइवतार घरैबाट पक्राउ गरिएको थियो । लिम्वु विरुद्ध मुद्वा दर्ता गरी हिरासतमा राखेर आवश्याक अनुशन्धानको प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुदर्शन कोइरालाले ब्लाष्टखवरलाई जानकारी दिए ।