पाँचथर,यासोक । पाँचथरको मिक्लाजुङ गाउँपालिका २ सराङडाडा स्थीत बतासेमा गर्भवती महिलाको रहस्यमय मुत्यु भएको छ । सात महिनाको गर्भ भएकी मुना पौडेलको झुन्डिएको अवस्थामा रहस्यमय मृत्य भएको हो । घर नजिकै रहेको टाँकीको रुखमा प्लाष्टिको डोरीमा झुन्डिएको अवस्थमा पौडेलको शव फेला परेको थियो । दुई सन्तानको आमा पौडेलको रहस्यमय अवस्थामा सब फेला परेको माइती पक्षको आरोप छ ।
सरिरको बिभिन्न ठाउँमा आलो निल डाम छ । अनुहारमा चोट पटक भइ खुनले लतपतिएको देख्दा आत्महत्या हुन नसक्ने मृतक पौडेलका मामा दुर्गा बहादुर थापाले बताए । झुन्डिएको अवस्थामा कसरी निल डाम र चोट पटक हुन्छ ? अनुहार र हातको कुहिनोमा घाउ चोट छ । पछाडीको कपाल अगाडी आएर अनुहार छोपीएको छ यस्तो अवस्थामा आत्महत्या नभइ हत्या भएको हो थापाले दावि गर्दै भने ।
विबाह भएको लामो समयदेखि परिवारमा नराम्रो सम्बन्ध भएको मृतक पौडेलले माइती पक्षलाई सुनाउँदै आएकी थिइन । पौडेलका मामा दुर्गा थापा भन्छन् भान्जीलाई सासु, ससुरा र ज्वाइले बारम्बार कुटपिट गरी घर बस्न नसक्ने अवस्थामा पारेपछि गत फागुन १४ गते घर आएकी थिइन् । त्यस्तैमा २०७७ बैसाख ३ गते ज्वाइ ससुराली आई सम्झाइ बुझाइ घरबाट लिएर गएका थिए । तर त्यसको तीन दिन बित्न नपाउँदै भान्जी झुन्डिएको अवस्थामा फेला परेको खबर आयो । त्यहाँ गई हेर्दा संकास्पद अवस्थामा झुन्डिएको देखेपछि छानविन गर्न प्रहरीमा निवेदन दिएको थापाले सुनाए ।
यता अधिकारी परिवारले हत्या नभइ आत्महत्या भएको दावी गर्दै आएको छ । पौडेलका श्रीमान जीवन अधिकारीले प्रहरीमा दिएको बयानमा यस्तो दावि गरेका हुन । परिवारका सबै सदस्यहरु खाना खाएर सुतेका थियौं । बिहान ओछ्यानमा म संग सानो छोरा मात्रै थियो । उठेर बाहिर हेर्दा घर छेउको टाँकीको रुखमा झुन्डिएको अवस्था श्रीमती फेला परिन् अधिकारीले भने । परिवासंग छुटिएर नजिकै हामी बस्दै आएका थियौ ।
घट्ना घटेको साँझ म बुबाको कोठामा टीभी हेरेर आफ्नो कोठामा फर्किदाँ उनि निदाइसकेकी थिइन् म पनि श्रीमती सुतेको खाट छेउको खाटमा सुतेको थिए । बिहान हेर्दा ओेछ्यानमा नभएपछि पानी लिन गइन् होला भन्ने लागेर उठेर हेर्दा झुन्डिएको अवस्थामा श्रीमतीलाई देखी हल्ला खल्ला गरी प्रहरीलाई खबर गरेको अधिकारीको दावि छ ।
जीवनले प्रहरीमा दिएको बयानमा श्रीमतीसंग बुबा आमासंग बिवाद भएपछि छुटिएर एउटै घरमा बस्दै आएका थियौं । तर श्रीमतीसंग कहिले काही झगडा हुने गरेको अधिकारीले स्वुईकार गरेका छन । घरमा झगडा भएपछि श्रीमती माइती गएकी थिइन । माइत गएकी श्रीमतीलाई बैसाख ४ गते लिन जाँदा त्यहाँका गाउँ समाजसंग झगडा नगर्ने भनी कागज समेत गरेर श्रीमतीलाई लिएर आएको प्रहरीको बयानमा अधिकारीले उल्लेख गरेका छन ।
मृतक पौडेलको पोष्टमाटम घोपा क्याम धरानमा गरिएको छ । माइती पक्षले छानविनको लागि प्रहरीमा उजुरी गरे पनि हत्या कि आत्महत्या भन्ने बिषयमा पोष्टमाटम रिपोट आएपछि मात्रै प्रष्ट हुने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।