भद्रपुर । कैदीबन्दीलाई नेपाल सरकारबाट उपलब्ध हुने दैनिक सिदा खर्च बापतको रकम भूत्तानी पाएपछि राहत मिलेको छ । फागुन १५ यता देखी कैदीबन्दीले सिदा बापतको रकम नपाएका कारण बन्दीहरु समस्यामा परेका थिए ।

केही दिन अघि विभागले १ करोड ३ लाख रुपैयाँ थप रकम पठाएपछि उनीहरुलाइ राहत मिलेको कारागार प्रशासनले जनाएको छ । रकम बाहेक खाद्यन्यको वार्षिक १ करोड १४ लाख रकम हुने गरेकोमा खाद्यन्यलाई अर्को वर्ष भूत्तानी गर्ने सहमति भएपछि सो वापतको रकम कैदीबन्दीलाई मिलान गरिने जेलर राजेन्द्र निरौलाले बताए । सामाजिक सुरक्षा शिर्षकमा आउने रकममा खाद्यन्यको समेत पर्ने उनले बताए ।

चालु आर्थिक वर्षको असार मसान्तसम्मको सिदा रकम निकासा भइसकेको र खाद्यन्यको भने आउने आर्थिक वर्षमा भूत्तानी दिने चलन पहिल्यै देखी चल्दै आएकोले सोही अनुरुप सहमति भएको उनले बताए ।

कारागारमा हाल १ हजार ४१ जना पुरुष, ८४ महिला र ५ जना आश्रित छन् । कोभिड १९ को महामारी रोक्न सरकारले गरेको लकडाउनसँगै प्रति कैदीबन्दीले पाउँदै आएको दैनिक ६० रुपैयाँ रोकएपछि कैदीबन्दीमा उत्पन्न भएको समस्याका बारेमा ब्लाष्ट खबरमा समाचार प्रकाशित भएको थियो ।