ब्लाष्टखबर । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ का ६० बर्षीय गोकुल राई जंगलमा मृत फेला परेका छन् । बुधबार बिहान १० बजे आफ्नै बाख्रा चराउन भनी जंगल तर्फ गएका राई बेलुका सम्म पनी घर फर्केपछि खोजि गर्ने क्रममा आज बिहान ७ बजे थुलुङ दुधकोशी गाउँपालिका-८ को सनसारी डाँडाको भिर मुनी मृत अवस्थामा फेला परेका हाे । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धानका लागी प्रहरी टाेली पुगेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएकाे छ । शवकाे  कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।