धनकुटा/धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.१ हात्तीखर्क माक्लुङ्गकी १८ वर्षीया वर्षा तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर अहिले विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

घट्ना वैसाख ३ गते बुधबारको हाे । तर उनको मृत शरीर भने ४ गते बिहीबार ११ बजे मात्र घर नजिकैको अम्लिसो घारी भित्रको दुदिलोको बोटमा झुण्डिएको अवस्थामा फेला परेको थियो । धनकुटा नगरपालिका वडा नंं.२ भिरगाउँका वर्ष २४ का प्रेमी प्रदीप तामाङ र वर्षाबीच करिब २-३ वर्ष पहिलेदेखि एक आपसमा चिनजान भएको थियाे । प्रदीपको मात्र एकोहोरो (वान साईटेड लभ) माया प्रेम रहेको उनीहरुलाई नजिकबाट चिन्ने परिवारका सदस्यहरू बताउँछन् । प्रदीप वर्षालाई विगत लामो समयदेखि भित्री हृदयदेखि नै मन पराउने गरेको तर, वर्षाबाट प्रदिपले त्याे माया नपाएपछि परिस्थितिले यो घटना निम्त्याएको हो कि भन्ने आँकलन सुरू भएकाे छ । 

के वान साईटेड् लभ कै परिणाम हो त ? वर्षाले मृत्युवरण गर्नु परेको । घट्ना घटेको दिन बिहान नै भिरगाउँबाट प्रदीप हिँडेर वर्षाको घर माक्लुङमा करिब ७-८ बजेको समयमा पुगेको दाजु सागर गोम्देनले बताए । वर्षा पनि बिहान करिब ७ बजेतिरै घरबाट बारीमा काम गर्न र गोठमा गाईबस्तुलाई घाँस हाल्न भनेर निस्किएकी थिइन् । नेपाली उखान 'स्याल पनि कराउनु, सिंगारी पनि हराउनु' भने झैं ७ बजे वर्षा घरबाट बारीमा काम गर्ने भन्दै गाईलाई घाँस हाल्न निस्कनु, त्यही दिन प्रदीप पनि वर्षा खोई ? भन्दै खोज्दै घरमा पुग्नुले घटना  रहस्यमय बनेकाे गाउँलेहरू अनुमान गर्छन् । त्यस पछि वर्षा घर नफर्किएको मृतककी बुबा सुजन तामाङ (मोहन) ले ब्लाष्टखबरलाई बताए । बिहान घरबाट निस्किएको छोरी दिउँसोको १२-१ बजेसम्म घर नफर्किएको र वर्षालाई खोजी गर्ने प्रदीप पनि गाउँघर तिरै डुलिरहनुले वर्षाले आत्महत्या गरेको नभई निज प्रदीपले हत्या गरेको हुन सक्ने दाबी बुबाकाे छ । 

त्रिशुले आई सकेका प्रदीप किन फर्किए ?

छोरी अपरान्ह २ बज्दासम्म पनि घर नफर्किए पछि कहाँ गईन, के भयो भनेर खोजतलास गर्न निज् प्रदिप तामाङलाई फोन् गर्दा आफुलाई वर्षाको विषयमा थाहा नभएको र घर फर्किएर धनपा–१ त्रिशुले पुगेको वताएका थिए । त्रिशुले पुगेका प्रदिपलाई वर्षाको बुबा, आमाले फोन गरेर घरमा बोलाए पछि उनी करिव सोही दिनको ४ वजे तिर पुनः वर्षाको घरमा पुगेका थिए । बर्षा यति बेलासम्म आईनन् कता गईन, तिमिलाई थाहा होलानी भन्दा आफूलाई पनि थाहा नभएको प्रदिपले बताए पछि वर्षाको परिवारले उनलाई नियन्त्रणमा लिएर घरैमा राखेर प्रदिपका बुबा चन्द्रलाल तामाङलाई भिरगाउँबाट बोलाएका थिए । सो वखत छोरा प्रदिपले पनि बुबा चन्द्रलाललाई आफु माथि कुटपिट भएको र बर्षाको घरमै नियन्त्रणमा रोखेको भन्दै चाँडो आउन बोलाएका थिए ।

दोहोरो झडपको स्थिति भएपछि प्रहरी झिकाइयाे

चन्द्रलालले पनि आफु साँझ ६ वजे तिर आफ्नो केही सहयोगी सहित बर्षाको घरमा प्ुगेको ब्लाष्ट खवरलाई बताए । उनले आफ्नो छोरा प्रदिपको वर्षासंग २–३ वर्ष अघि देखी माया प्रेम वसेको स्विकारेका छन् । त्यो बिचमा बर्षाको दाजु सागरले प्रदिपलाई बहिनीको विषयलाई लिएर सामान्य कुटपिट समेत गरेको र पछि प्रदिपको बुबा आए पछि पुनः चन्द्रलालले पनि सागरलाई कुटपिट गरे पछि स्थिती तनाबपुर्ण भएको वताईएको छ । चन्द्रलालले पनि सहयोगी साथीहरु सहित गएकोले आफ्नो छोरा माथि कुटपिट भएको भन्दै प्रतिकार गरेका थिए ।

सो टोली र वर्षाको परिवार, अन्य गाउँले विच एक आपसमा तनाब सृजना मात्र नभै हातहाल हालसम्मको स्थित् भएको थियो । बर्षा वेपत्ता भएको विषयलाई लिएर दुबै पक्ष विच दोहोरो झडप कै परिस्थिति सृजना भए पछि चन्द्रलालले हिले प्रहरी चौकीका इन्चार्ज कुमार ढकाललाई फोन गरेर बर्षाको घर हात्तिखर्क माक्लुङ बोलाएका थिए । आफु करिब ८ वजे राती बर्षाको घर माक्लुङ पुग्दा परिस्थिति तनाबपुर्ण अबस्थामा भेटिएको हिले प्रहरी चौकीका इन्चार्ज कुमार ढकालले बताए । त्यस पछि आफ्नो पहलमा दुवै पक्षलाई सम्झाई वुझाई आवश्यक परेको खण्डमा बर्षा परिवारको सम्पर्कमा आएपछि अभिभावकले छलफल गर्न खोजेको वखत प्रदिपलाई उपस्थित् गराउने शर्तमा कागज गरेर रातको १२ बजे हिले चौकी फर्किएको बताए ।

बेपत्ता भएको २८ घण्टामा वर्षा मृत फेला

अघिल्लो दिन प्रदिपलाई वर्षा परिवारको सम्पर्कमा आए पछि अभिभावकले चाहेको खण्डमा उपस्थित् गराउने ठाडो कागज गराएर प्रहरीले जिम्मा दिएर आए पछि टुङ्गिएको थियो । त्यो रात त्यतिकै विते पछि भोली पल्ट बिहान नै देखी बर्षाको खोजीमा परिवार र गाउँले जुटेका थिए । खोजी गर्ने क्रममा गाउँलेले बैसाख ४ गते विहिबार दिनको ११ बजे घर देखी केही तल अम्लिसो घारीमा दुदिलोको रुखमा झुण्डिएको अवस्थामा गाउँलेले फेला पारेका थिए ।

वर्षाको मृत्यु रहस्यमय

दुदिलोको रुखमा मृत अवस्थामा भेटिएको बर्षाको दुबै घुँडा भुँईमा टेकिएको अवस्थामा भेटिएको बाजे नगेन्द्र स्याङ्गबोले बताएका छन् । झुण्डिएको अवस्थामा घुँडाले भुँई छोएको देख्दा बर्षा आफै झुण्डिनु भन्दा पनि अरु कसैले झुन्ड्याएको हो कि भनेर सहजै अनुमान गर्न सकिने दाबी नगेन्द्रले गरेका छन् । मृतकका बुबा सुजन तामाङ भन्छन्–मेरी छोरी पनि हराउनु, प्रदिप पनि दिनभर गाउँघर मै घुमिरहनुमा मलाई उ माथि छोरीको हत्या गरेको हो भन्ने ठूलो शंका छ । मलाई लाग्छ–प्रहरीले घट्ना स्थल देखी सर्जिमन मुजुल्का गरेर लगेको छ, पोष्टमार्टम रिपोर्ट पनि छ, पक्कै पनि दोषी उपर सत्थ्य तत्थ्य पत्ता लगाएर कानुनी कार्वाही हुनेछ । अन्यथा आफुले कुनै पनि हालतमा नछोड्ने न्यायको लागी अदालतको ढोका डक्डक्याएरै छाड्ने बताए ।

कर्तब्य ज्यानको किटानी जाहेरी प्रहरीले नलिए पछि दुरुत्साहन मुद्धा दायर 

प्रहरीले हत्या गरेको भन्ने प्रमाणको अभावमा कर्तव्य ज्यान सम्वन्धी वर्षाकी प्रेमी प्रदिप तामाङ विरुद्ध किटानी जाहेरी लिन नमाने पछि आत्महत्या गर्न टचर दिएको भन्दै दुरुत्साहनको जाहेरी आईतबार जिल्ला प्रहरी कार्याल्य धनकुटामा दर्ता भएको छ । प्रहरीले पनि पिडितले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत धनकुटामा १० दिनको लागी म्याद थप गरेर निजविरुद्ध घट्नाको अनुशन्धान प्रक्रिया अघि वढाएको जनाएको छ ।

अनुशन्धान शुरु गरेका छौं, पोष्मार्टम रिपोर्ट आएको छ, अन्य केटाकेटी विच भएका कल डिटेल, मोवाईलको म्यासेन्जरमा भएका कुराकानी सवै प्रमाणलाई केलाउँदा के ठहरिन्छ, त्यही अनरुपका सजाय हुने प्रहरी प्रमुख सुदर्शन प्रसाद कोईरालाले बताए । उनले भने–घट्नालाई प्रहरीले सत्यतत्थ्य छानविन गर्छ, स्वतन्त्र न्यायलय छ, यसमा कसैले शंका गर्न आवश्याक छैन ।

उनले मुलुकी फौजदारी संहिताको धारा १८५ को उपधारा २ मा आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गर्नेलाई ५ वर्ष कैद र ५० हजार रुपयाँ जरिवाना गर्ने कानुनी व्यावस्था रहेको बताए । यो प्रकरणमा आत्महत्या गर्न बाध्य वनाएको पुष्ठी भएमा कम्तिमा ५ वर्ष जेल सजाय हुने कानुनी व्यावस्था रहेको कानुन् व्यावसायी शारादा सन्तोषी राईले बताएका छन् । हत्या गरिएको भन्ने आरोपित प्रेमी पिडक प्रदिपको अनुशन्धान क्रममा बयान र आवश्याक प्रमाणहरुबाट पुष्ठी भए सोही अनरुपको सजाय हुने निश्चित छ, उनले थपे ।