वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका वाड नम्बर १ स्थित बराहक्षेत्र मन्दिरक्षेत्रबाट ट्याक्टर चोरी भएको छ ।
मंगलबार राती अन्दाजी १ बजेर प्रदेश १-०४-००१- त ३६ नम्बर भएको पावर ट्रयाक कम्पनीको निलो रंगको ट्याक्टर चाेरी भएकाे हाे । १६ लाख मुल्यको राजु घिमिरेको नाममा रहेको ट्याक्टर स्थानिय सरस्वती खोलामा पार्क गरि राखिएको अवस्थामा चाेरी भएकाे घिमिरेका पार्ट्नर भक्त श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार त्यस ठाउमा अन्य ट्याक्टर पनि पार्क गरीएकाे थियाे ।
यसैगरी बराहक्षेत्र मन्दिर क्षेत्रमा रहेको गणेश श्रेष्ठको घरबाट १६ हजार मुल्य स्याम्सुङ मोबाइल एक थान,वाईनको दुई वटा बोतल लगायत २० हजार रुपैयाँको धनमाल चोरी भएको, गणेश श्रेष्ठलाई उधृत गर्दै श्रेष्ठले ले बताए ।
मंगलबार राती भएको बर्षाको फाइदा उठाएर चोरी भएको आसंका गरिएको ट्याक्टर राती करिब २ बजे चतराघाट स्थित कोशी पुलमा देखिएको इप्रका चतराका हवल्दारलाई उदृत गर्दै भक्त श्रेष्ठले जानकारी दिए ।
ट्याक्टर चोरीको रिपोर्ट बुधबार इलाका प्रहरी कार्यलय चतरामा दिइएको श्रेष्ठलेले बताएका छन् ।