उर्लाबारी । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनमा भौतिक दुरी कायम गर्न उर्लाबारी नगरपालिकालाई उपकरण हस्तान्तरण गरिएको छ ।
मंगलबार लकडाउन पालनामा सडकमा खट्ने सुरक्षाकर्मीले भौतिक दुरी कायम गरी प्रयोग गर्ने उक्त उपकरणहरु लागि रोटरी क्लब अफ दमक र नेपाल गृल उद्योग दमकका संचालक विमल नेपालले संयुक्तरुपमा नगर प्रमुख खड्ग फागोलाई हस्तान्तरण गरेका हुन् ।
नगर प्रमुख फागोले नगरपालिकालाई निशुल्क प्राप्त ६ थान उपकरण सुरक्षाकर्मीलाई प्रदान गरीने बताउदै“ लकडाउनको अवधिमा भौतिक दुरी कायम गरी लकडाउनको पालना गराउन मदत पुग्ने बताएका छन् ।