कोशी टप्पुु वन्यजन्तुु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो । यस कोशी टप्पुु वन्यजन्तुु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस आरक्ष सुुनसरी, सप्तरी र उदयपुुर गरेर तिनवटा जिल्लामा फैलिएको छ । सन् १९८७ रामसार सुुचीमा सुुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४४१ प्रजातीका चराहरू, २१९को संख्यामा दुुर्लभ अर्ना र १२ वटा दुुर्लभ डल्फीनसमेत पाइन्छ ।
नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको थियो । मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको (सुुनसरी, सप्तरी, उदयपुुर) १६ वटा गाउँहरु समेटिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुुपयोग, स्थानीय सामुुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भुुमिका निर्वाह गर्ने गर्छन् ।
यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा राष्ट्रिय चरा महोत्सव मनाइन्छ । यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो । यसको दक्षिणी सिमामा सप्तकोशी नदीको बाँध रहेको छ । राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ ।
यस कोशी टप्पुु वन्यजन्तुु आरक्षमा तीन अलग मौसम अनुुभव गर्न पाईन्छ । गर्मीको मौसम (फाल्गुुणदेखि जेठसम्म)मा तीव्रता न्युुनतम वर्षा सँगसंगै तिब्र गर्मी हुुन्छ । यसबेला यहाँको तापक्रम ४० डिग्री सेन्टीग्रेटसम्म पुुग्न सक्छ । मनसुुन जेठको अन्त्य तथा आषाढको शुुरूमा शुुरू हुुन्छ र भाद्रसम्मलगातार भारी वर्षा रहन्छ । सबैभन्दा भारी वर्षा साउन तिर हुुने गर्छ तर त्यस मौसममा उच्च आर्द्रता र तापक्रमको अनुुभव पनि हुुने गर्छ । शिसिर ऋतुुमा सफा आकाश र सयमी तापक्रमले चिनाउँछ, तापनि यो मौसममा अझै पनि एकदम चिसो हुुने गर्दछ । यहाँ पूर्व पश्चिम राजमार्गबाट भएर जान सकिन्छ । यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई अर्ना भनिन्छ, हरिण, नीलगाई, मगर, गंगा र अन्य भन्दा धेरै जातिका चराचुुरीहरूको बसोबास स्थल हो ।
वनस्पति तथा वन्यजन्तुुहरू
कोशी टप्पुु वन्य जन्तुु आरक्षण मुुख्यतः घाँसे मैदानले भरिएको छ । साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन् । मुुख्यतः लोपोन्मुुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तैः हरिण, रतुुवा, नीलगाई, बँदेल, बाँदर, अजिंगर आदि जनावरहरू पाइन्छन् ।
विश्वमा नै दुुर्लभ मानिएका चराचुुरुगीहरू सहित ४४१ प्रजातिका चराचुुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन् । जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुुर्लभ चराहरू अन्तर्गत पर्छन । साथै जाडो मौसममा रूसको साईवेरिया, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ । यस आरक्षमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुुर्लभ घडियाल गोहि तथा ग्यांगेटिक डल्फिन (Gangetic dolphin) पनि पाइन्छन् ।
अर्नाको राजधानी र चराहरूको स्वर्ग
विराटनगरबाट करिब ५० किमी उत्तर(पश्चिम र धरानबाट करिब ४० किमी पश्चिम दक्षिणमा अवस्थित कोशीको “टप्पुु“ कोशीटप्पुु सिमसार भुुमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ । सिसौ, खयर र सिमलका रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पुु सिमसार भुुमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ । अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ । तर गत बर्ष सरकारले यहाँबाट १३ वटा अर्ना चितवन राष्टिय निकुञ्ज सारेको छ । अर्ना यहाँ मात्र पाईने र टाडा टाडाबाट चराहरु आउने भएकाले कोशीटप्पुुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ ।

birds

फाइल फाेटाे


नदीको केही भाग समेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुुर्लभ चराको अवलोकन गर्न बर्से्नि विदेशी पर्यटकहरू आउँछन । विश्वमै कहीँ नपाइने स्वाम प्याष्ट्रिज नामक चरा यहाँ पाइन्छ । कात्तिकदेखि फागुुन महिनासम्ममा रूस, श्रीलङ्का, भारत, तिब्बत आदि देशहरूबाट हुुल बाँधेर चराका बथान आइपुुग्छन । केही समय यहाँ बास बसेपछि यी चराहरूले पाकिस्तान, अफगानिस्तान हुुँदै अफ्रिका, युुरोपतिर बेग हान्ने गरेको चरा विज्ञको भनाई छ । कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै र्कयाङकुुरुङ, सारस, पानीहाँस हुुलका हुुल देख्न पाइन्छ। डल्फिन र घडियाल गोही पनि कोश टप्पुुका आकर्षण हुुन। यहाँ युुरोट, अस्टेलिया, फान्स, अमेरिकालगायत मुलुकका पर्यटकहरु बढी आउने गर्दछन् ।

koshi-tappu
कुन समय घुम्न उपयुक्त
कात्तिकदेखि फागुुनसम्म अर्ना र चराको संसार घुुमघाम र दृश्यावलोकनका लागि बढी उपयुुक्त मानिन्छ । यो अवधिमा चराहरूको भीडले कोशीटप्पुुको रौनक नै अर्कै हुुन्छ । अझै हात्ती चढेर आरक्षण र नजीकैका गाउँ घुुम्दाको मज्जै बेग्लै हुुन्छ । तमोर, अरुण, दुुधकोशी, तामाकोशी, सुुनकोशी, लिखुु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो । आरक्षण घुुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिर्को याफ्टिण्ङ समेत तान्नसक्छ । काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा  याफ्टिङ गर्दै बराहक्षेत्र-चतरा निस्केर कोशीटप्पुु भ्रमण गर्न सकिन्छ। धरानबाट २६ किमी उत्तर मुुलघाट गएर याफ्टिङ गर्दै चतरा भएर कोशीटप्पुु समेत झर्न सकिन्छ। चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशीटप्पुुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ ।
काठमाडौंको त्रिभुुवन विश्वविद्यालयमा सेंट्रल डिपार्टमेँट अफ जुुलोजी ( Central Department of Zoology) द्वारा १९९७ देखि १९९८ मा एउटा संरक्षण अध्ययन  शुुरु गरिएको थियो । त्यो अध्ययनमा पाईयो कि संरक्षण क्षेत्र नजिकै बस्ने बासिन्दा र संरक्षित वन्यजीव बीच जबरजस्त लडाई छ । त्याहाँ पाईयो कि त्याहाँको बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुुहरूको उत्पीडन सहिरहनु परेकाे छ। आरक्षित प्रबन्धकहरूसित अवैध शिकार, पशुु चराई र संरक्षित क्षेत्रमा अन्य गतिविधिहरूको समस्या थियो । यो पीडा त्यहाँका स्थानियवासीले खेप्तै पनि आएका छन् ।
तर उक्त अध्ययनले एउटा महत्वपूर्ण सुुझाव पनि दिएको छ । यहाँ राम्रो पर्यटन विकास गर्न सकिन्छ । वाईल्डलाईफको प्रशिक्षकहरूद्वारा क्षेत्रीय मान्छेहरूलाई प्रशिक्षण दिएर गाइड बनाउनु र पर्यटनलाई विकास गर्न  सकिने सुुझाव दिएको थियो । तर राज्यले सोचे अनुसारको पर्यटकीय विकास गर्न सकेको भने छैन् ।
जंगल सफारी
कोशीटप्पु क्षेत्रमा जंगल सफारी गर्न सकिन्छ । यहाँका बनस्पति, चरा तथा जनावरहरुको अवलोकन गर्न जंगल सफारी हुने गर्दछ । नीजी क्षेत्रको लगानीमा धरानस्थित सेछ टाभल्सले जंगल सफारी एक बर्ष अघिदेखि शुरु गरेको छ ।
पुुग्ने कसरी ?
विराटनगरबाट करिब ५० किमी उत्तर-पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुुसम्म पुुग्न यातायातका साधन सजिलै पाइन्छ । पूर्व पश्चिम राजमार्गको लौकहीबाट आरक्षण पुुन सकिन्छ । कोशीटप्पुु धरानबाट महेन्द्रनगर, प्रकासपुर हुदै पुुग्न सकिन्छ । नजिकको बस स्टेसन जमुहागाछी हाे । जमुहाबाट २.५ किमी दुरीमा अटोरिक्साबाट आरक्षणको हेडक्याटर कुसाहा पुग्न सकिन्छ । काठमाण्डौ, काकरभिट्टा, विराटनगरबाट दैनिक बस पाउन सकिन्छ । त्यहाँबाट जमुहामा उत्रिएर आरक्षण पुुग्न सकिन्छ । कुसाहादेखि ५७ किमी दुरीमा विराटनगर एयरपोट छ । त्यहाँबाट काठमाण्डौं विराटनगर दैनिक उडान हुने गर्दछन् ।
बासको सुुविधा
स्तरिय विदेशी पर्यटकहरुका लागि यहाँ कोशी टप्पु वल्ड लाईफ क्याम्प, कोशी टप्पुु वल्र्ड बर्ड वाचिग क्याम्प र कोशी क्याम्प गरेर तीन वटा होटलहरु रहेको छन् । बस्न, बेलुका खाना र विहान नास्तासमेत गरेर एक रातका लागि विदेशी पर्यटकका लागि ९० डलर(करिव रु  ९ हजार) पर्दछ । नेपाली पर्यटकहरुका लागि ३५ डलर(रु.३ हजार ५ सय) पर्दछ । कुसाहामा अन्य साना केही होलट लजहरु पनि छन् । होमस्टे सेवा पनि संचालनमा छ । राम्रो बासका लागि विराटनगर, इटहरी र धरान पुुग्नुपर्दछ ।