ब्लाष्टखबर ।  नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समकक्षी अष्ट्रेलियाका विदेश मन्त्री मरिस पैनसँग सोमबार टेलिफोन वार्ता गरी अष्ट्रेलियामा अस्थायी भिसामा रहेका र पठनपाठन गरिरहेका आफ्ना नेपाली नागरिहरुको पक्षमा चासो लिइदिन आग्रह गरेको कुरा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विपतका साथी : सुरक्षा सामाग्री बाढ्दैं यि युवा

अष्ट्रेलियाका विदेश मन्त्री मरिस पैनले नेपालमा पर्यटकका रुपमा आएका आफना नागरिकहरुलाई नेपालवायु सेवा निगमको जहाजबाट अष्ट्रेलिया पुर्याई दिएकोमा टेलिफोन कुराकानी का क्रममा धन्यवाद दिएको उल्लेख गरिएको छ । सोही कुराकानीका क्रममा कोभिड १९ पछि समस्यामा परेका नेपाली नागरिकहरु खासगरी विद्यार्थीहरुमाको सुरक्षा र हितको लागि अनुरोध गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

अष्ट्रेयाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार सिडनीमा भएको पत्रकार सम्मेलनमार्फत अष्ट्रलियामा रहेका विद्यार्थीहरुलाई आफनो खर्चबाट धान्न सक्दैनौ भने स्वेदेश फर्कन सक्छौ भनेपछि विद्यार्थीहरुमा त्रास र डर पैदा भएको थियो । तर एनआरएन अष्ट्रेलियाले नआत्ति धैर्य गर्न अनुरोधसमेत गरेको थियो ।

सोही कुराकानीका क्रममा दुवै समकक्षी मन्त्रीहरुले आगामी दिनमा नेपाल अष्ट्रेलिया सिधै हवाई उडान गर्न सकिने सम्भावना बारे पनि छलफल भएको थियो ।
यो वर्ष नेपाल अष्ट्रेलियाबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । यसै सन्दर्भमा निकट भविष्यमा दुवै मुलुकबीच निश्चित उद्देश्यका सन्दर्भमा भेट गर्ने र द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाइने विषयमा पनि छलफल भएको थियो ।