वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर २ मा टयाक्टर दुर्घटना हुँदा पुतली टोल निवासी ३२ वर्षका हरि थापाको ज्यान गएको छ ।
शुक्रवार साँझ करिब ६ बजेर ५० मिनेटमा स्थानीय पुतली चौकमा को २ त १८३६ नम्बरको टयाक्टर अनियन्त्रित भई पल्टिदा सहचालक ३२ वर्षीय थापाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय चक्रघट्टीले बताएको छ ।
मृतक थापाको धरानस्थित बीपी क्याम्पमा पोस्टमार्टम गरी शनिबार मध्यान्ह दाह संस्कार गरिएको छ । घटनामा घाइते ट्याक्टर चालक तथा धनी ४३ वर्षका टंक न्यौपाने उपचार पछि घर फर्किएको इप्रका चक्रघट्टीले जानकारी दिएको छ ।