भण्टावारि । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ३ पश्चिम् कुसाहामा भीषण आगलागी भएको छ । स्थानीय प्रत्यक्षदर्शी इरफान अन्सारीका अनुसार अहिले साझ ६ बजे खाना पकाउने ग्यास सिलेन्डरबाट आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएको छ भने आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । अन्य घरहरूमा आगाे फैलिरहेकाे स्थानीयले बताएका छन्र । इटहरी इनरूवाबाट दमकल पठाइएकाे बताइएकाे छ । यसबारे थप विवरण आउन बाँकी छ ।
सुनसरीमा भीषण आगलागी, आगो नियन्त्रणबाहिर
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































