धरान / नेपाल सरकारले प्रदेश नं १ का १४ वटै जिल्लाका लागि पठाएको १ हजार थान पीपीईबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १ सय ५० वटा पीपीई पाउने भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत कोरोना संक्रमितबाट सुरक्षित रहने प्रयोग गरिने ती सामाग्री सरकारले सोमबार उपलब्द गराएको हो । नेपाली सेनाको स्काई ट्रक मार्फत व्यक्तिगत सुरक्षा उपकरण विराटनगर आएको छ । माक्स तथा अन्य औजार भोली मात्र आइपुग्ने भएकाले भोली सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई उपलब्द गराउने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीपीई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ सय ५०, कोशी अस्पताललाई १ सय ५०, कोशी अस्पताल कोरोना उपचार केन्द्रलाई २ सय थान र मेची अस्पताललाई ४६ थान वितरण गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको ल्याव परीक्षण केन्द्रको रुपमा रहेको प्रतिष्ठानमा व्यक्तिगत सुरक्षाका सामाग्री नहुदा चिकित्सक नर्सहरु तनावमा रहेका छन् । सरकारले पठाएको सामाग्रीले केही राहत मिल्ने प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले बताउ ।
वीपी प्रतिष्ठानमा व्यक्तिगत सुरक्षाका सामान नभएको भन्दैं नर्सहरुले गुनासो गदैं आएका थिए । उनीहरुले असुरक्षित भएर काम गर्न नसक्ने भन्दैं आइतबार प्रतिष्ठानका कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनाललाई ज्ञापन पत्रसमेत बुझाएका थिए । प्रतिष्ठानमा ४ सय ८९ नर्स कार्यरत छन् । त्यतिकै संख्यामा चिकित्सकहरु रहेका छन् ।