धरान । कोरोनाभाइरसको संक्रमण देखिएकी ‘बेबी डल’ गायिका कनिका कपुरसँग कार्यक्रममा सहभागी हुनेमध्ये ६३ जनाको परीक्षणको रिपोर्टमा नेगेटिभ आएको छ ।

तर, तीन पटक जाँच गरिसकेकी कनिकालाई भने पोजेटिभ देखिएको थियो । उनी बेलायतबाट फर्किएपछि सिधै उत्तरप्रदेशको लखनउको एक कार्यक्रममा सहभागी बनेकी थिइन् । जहाँ एकसय ६२ जना मानिसहरू सहभागी बनेका थिए ।

पार्टीमा सहभागी बनेकाहरूको पहिचान गरेर उत्तर प्रदेश सरकारले उनीहरूको जाँच गरेको थियो । जसमध्ये ६३ जनामा नेगेटिभ भेटिएको छ । अन्य १२० जनाको ल्याव रिपोर्ट आउन बाँकी रहेको छ । कनिकाको गैरजिम्मेवारीपनाप्रति भारतमा तीव्र आलोचना भइरहेको छ । तर, उनले भने अन्तर्राष्ट्रिय उडानको क्रममा आफ्नो पूर्ण रूपमा स्क्रिनिङ गरिएको बताएकी छन् । उनले भारतमा पनि आफूलाई स्क्रिनिङ गरेको बताएकी छन् ।

उनी हाल आइसोलेसनमा राखेर उपचार भइरहेको छ । तीन पटक उनको ल्याव परीक्षण गरिएको थियो । तर, तीनै पटक उनको रिपोर्ट पोजेटिभ देखिएको छ । उनी लखनउका व्यवसायी अदिल अहमदको निम्तामा उक्त कार्यक्रममा गएकी थिइन् । अदिल राजनीतिक परिवारका व्यक्ति हुन् । उनी मुम्बईमा व्यवसायसमेत गर्दै आएका छन् ।