धरान /  लकडाउनको समयमा दैनिक ज्यालादारी काम गरेर खाने मजदुरहरु भोकभोकै पर्न थाले पछि धरान उपमहानगरपालिका वार्ड नं. १४ का वार्ड अध्यक्ष कृष्ण भट्टराइृले आफ्ना वार्डमा भएका मजदुरहरुलाई दाल चामल वितरण गरेका छन् ।
भट्टराईले पहिलो चरणमा ५ परिवारको पहिचान गरि १५ केजी चामल, १ केजी दाल, २ केजी आलु वितरण गरेका छ्न ।
उनले आफ्नो निजी लगानीमा घरमै पुगेर खाद्यन्न तरकारी वितरण गरेका हुन । गणेश चोकका धनबहादुर तामाङ, अमृतबहादुर थापा, खत्रधिाराका लीलामाया थापा, चन्द्रमाया सुवेदी, तीधारेका देउकुमारी भूजेललाई वितरण गरिएको हो र्। खाना नखाइ बसेका रहेछन् । किन नखाएको भनेर बुझदा चामल छैन भन्नु भयो । यस्तो बेलामा अरुलाई बचाउनु ठूलो धर्म ठानेर सानो सहयोग गरेको हु ।’–उनले भनेर्–उहाँहरु भोकै बस्नु भएको रहेछ । केही दिनको छाक टानृ सहयोग गरेको छु ।’
सबै वडाबाट यो अभियान चलाए धरानका मजदुर भोकै नहुने १४ नं. वार्डका सूचना अधिकृत मणीसुन्दर खत्रीले बताए । धरानमा निर्माण मजदुर मात्रै ५ हजार भन्दा माथि रहेको तथ्याङ्क छ ।