लक्ष्मीमार्ग । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरेपछि मोरङका अधिकांश ठाँउहरु सुनसान छन् ।
आज मंगलबार बिहानै देखी प्राय सबै स्थान लकडाउन भएका हुन् । केहि स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरु निस्किए पनि केही बेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको छ । बिराटनगर, रंगेली, बिराटचोक, बेलबारी, पथरी, उर्लाबारी लगायतका स्थानमा मानिसहरुको चहलपहल ह्वात्तै घटेको छ ।

3 3

सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकरलगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । प्रहरीहरुले पास भए-नभएको चेक गरेरमात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् । मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

1 6 4 3 2 4 5 3