धरान/ मिस नेपालको अडिसनबारे जानकारी दिन मिस नेपाल निकिता चण्डकसहितको टोली धरानको कलेजमा पुगेका छन् ।

आयोजक हिडेन टूेजरको टोली धरानको कलेजहरूमा पुगेको हो । नेपालकै ठूलो सौन्दर्य प्रतियोगिता मिस नेपालको २०२० को अडिसन धरानमा आज हुँदै छ ।

त्यसबारे जानकारी दिन धरानको सिटी कलेज, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, युएन नवोदय कलेजमा मिस नेपाल चण्डक र मिस नेपाल अर्थ २०१९ की रिया बस्नेता विद्यार्थीमाझ पुगेकी हुन् । कलेज एक्टिभेशन कार्यक्रम अन्तर्गत उनीहरू धरानका कलेजमा पुगेका हुन् ।

उनीहरूले मिस नेपालबारे जानकारी गराए । र, प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरे । मिस नेपाल भन्ने बित्तिकै गलत धारणा रहेकाले त्यो धारणालाई चिर्नका लागि कलेजहरूमा पुगेको मिस नेपाल २०१७ की निकिता चण्डकले जानकारी दिइन् ।

त्यसक्रममा कलेजका विद्यार्थीहरूबीच प्रतियोगिता गराएर प्रायोजक बर्जर र यामाहाले विजेताहरूलाई उपहार प्रदान गरे ।