धरान/ नेहा कक्कड भारतीय सङ्गीतमा नछुटाउने नाममध्ये एक हो ।

पछिल्लो समय चर्चाको शिखरमा रहेकी नेहा यतिखेर अर्को कारण पनि चर्चामा रहेकी छन् । इण्डियन आइडल सिजन २ को प्रतियोगीको रूपमा आफ्नो करिअर शुरु गरेकी उनी अहिले चर्चित गायिका मात्रै हैन, विभिन्न कारण पनि चर्चाको शिखरमा रहेकी छन् ।

कुनै बेला डेराको घरमा बस्ने उनले अहिले आफ्नै घर किनेर सामाजिक सञ्जालमा भाइरल बनिरहेकी छन् । आदित्य नारायणसँग उनको नाम पनि जोडिँदै आएको छ । तर, आदित्यले भने यसलाई अस्वीकार गर्दै आइरहेका छन् । इण्डियन आइडलको ११ औं संस्करणमा उनीहरूको विहेलाई लिएर पनि चर्चा भएको थियो । तर, त्यो चर्चा भने इण्डियन आइडलका लागि मात्रै गरिएको थियो ।

सुमधुर स्वरकी धनी कक्कडले हालै घर खरिद गरेको सार्वजनिक गरेकी छन् । त्यसक्रममा उनले भाडाको घरसमेत सार्वजनिक गरेकी हुन् । जुन घर एकदमै पुरानो र पानी चुहिनेखालको देखाइएको छ । अहिलेको घर भने निकै आलिसानको रहेको छ ।