विराटनगर /  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मोरङ जिल्लामा एक वर्षमा १ सय ८२ वटा फर्म अनुगमनको क्रममा चार वटा मात्र फर्मलाई कारवाही गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा १ सय ८२ वटा फर्म गरेको अनुगमनको क्रममा जम्मा चार वटा फर्म कारवाहीमा परेकोे पाइएको हो ।
कारावाहीमा परेकाले बिल बिजक नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिए । उनका अनुसार विराटनगरका वंशल भेराइटी, पाल भेराइटी, न्यू निलकण्ठ वाच र न्यू श्याम इम्पेक्सलाई कारवाहीको दायरामा ल्याएको हो । अनुगमनको क्रममा उक्त पसलले खरिद बिल बिजक बेगर सामाग्रीहरू बिक्री वितरण गरेको पाइएपछि जनही ५ हजार रुपैयाँको दरले उपभोक्ता संरक्षण ऐनअनुसार कारवाही गरी कानूनी दायरामा ल्याएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को माघसम्म ६८ वटा फर्ममा गरेको अनुगमनको क्रममा एक वटा सप्लायर्सलाई कारवाही गरिएको कार्यालय प्रमुख बरालले बताए । उनका अनुसार विराटनगरको नेशनल सर्जिकेम सप्लायर्सले अनुगमन टोली पुग्दा असहयोग गरेकाले उपभोक्ता संरक्षण ऐन अनुसार २० हजार रुपैयाँ जरिवना गरिएको बताए । कार्यालय प्रमुख बरालले तोकिएको मापदण्ड अनुसार वस्तु तथा सेवा उत्पादन गरी गुणस्तरीय वस्तु मात्र उत्पादन गरिनुपर्ने बताए । पछिल्लो समय जिल्लामा फर्म दर्ताको सङ्ख्यामा पनि वृद्धि भएको उनले बताए ।
चालु आर्थिक वर्षमा प्राइभेट फर्म ६ सय २१ वटा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा दर्ता भएको कार्यालय प्रमुख बरालले बताए । यस्तै साझेदारी फर्म ४२ वटा र कम्पनी फर्म ३० वटा दर्ता भएका छन् । हालसम्म ३३ हजार ६० वटा प्राइभेट, ९ सय ८० साझेदारी र ४२ वटा वटा कम्पनीमा फर्म दर्ता भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको अभिललेखमा उल्लेख छ । कार्यालय प्रमुख दाहालले उपभोक्ता संरक्षण ऐन पालना गरि उपभोक्ताप्रतिको दायित्व निर्वाह गरिनुपर्ने बताए ।
विश्व उपभोक्ता दिवस मनाउने
विराटनगर÷ विश्व उपभोक्ता अधिकार दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विभिन्न कार्यक्रम गरी उपभोक्ता दिवस मनाउने भएको हो ।
कार्यालय परिसरमा शुक्रबार पत्रकार सम्मेलन गरी शनिबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गरेर उपभोक्ता दिवस मनाउने तयारी गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हिमालय बरालले जानकारी दिए । उनका अनुसार शनिबार विराटनगरमा प्रभातफेरी निकालिने भएको छ ।
विराटनगरस्थित वाणिज्य कार्यालयबाट निस्किएको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरेर सोही स्थानमा आएर सम्पन्न हुनेछ । यस्तै आइतबार बृहत् अन्र्तक्रिया कार्यक्रम हुनेछ । उक्त अन्तत्र्रिmया कार्यक्रम पनि विराटनगरमा हुने कार्यालय प्रमुख बरालले बताए । अन्तत्र्रिmया कार्यालयमा कार्यालय प्रमुखहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘उत्पादनमा गुणस्तरीयता, उपभोक्तामा विवेकशिलता’ भन्ने मूल नाराको साथ विश्व उपभोक्ता दिवस मनाउने तयारी गरिएको छ । यस्तै १४ वटा सहायक नाराहरू रहेका छन् ।