Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • कोरोना सङ्क्रमण १२५ देशमा, चार हजार ७ सयको मृत्यु

कोरोना सङ्क्रमण १२५ देशमा, चार हजार ७ सयको मृत्यु

alt
  • फागुन ३०, २०७६
  • ब्लाष्ट खबर
 
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण  १२५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १५८ जनामा सङ्क्रमण भएको छ । तीमध्ये चार हजार ७ ४९ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये ६८ हजार ६५४ जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बाँकी बिरामी अवस्थामा नै रहेका ५५ हजार ६५५ जनामध्ये ५० हजार ४४ जना अर्थात् कूल ९० प्रतिशतको अवस्था सामान्य रहेको छ । तर पाँच हजार ७११ जना अर्थात् हाल बिरामी नै रहेका १० प्रतिशत सङ्क्रमितको अवस्था भने गम्भीर रहेको छ । रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ ।
इरानमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ .। तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८४ जनाको मृत्यु भएको छ । पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् । पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ ।
कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।
सम्बन्धित समाचार
दर्ता खारेजी गरेर फार्मेसीको ठगीधन्दा

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजअ ...

सुनसरी आइपुग्यो सशस्त्र प्रहरीको झण्डा मार्चपास

इनरुवा । सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट सुरु ...

एलजी इम्पेक्सको वार्षिक उत्सव सम्पन्न

धरान । धरानको कलेज रोडमा अवस्थित एलजी इम्पेक्सले बिहीबार एक विशेष कार्यक्रम ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
दर्ता खारेजी गरेर फार्मेसीको ठगीधन्दा
सुनसरी आइपुग्यो सशस्त्र प्रहरीको झण्डा मार्चपास
एलजी इम्पेक्सको वार्षिक उत्सव सम्पन्न
ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
नियमभन्दा माथि इँटा उद्योग ?
आजको राशिफलः २०८२ साल पुस २५ गते शुक्रबार
कोशीको राष्ट्रिय सभा अङ्कगणितः काङ्ग्रेस–एमाले मिल्दा नेकपा ‘असुरक्षित’
कानूनको अवज्ञा गर्दै झापाका इँटा उद्योगहरू
गीत गजलको आवरणमा बन्धक बनाएर यौनधन्दा
प्रहरीमा सामाजिक सञ्जाल दुरुपयोगः डिआइजीसहित ५ सय ९९ प्रहरी कारबाहीमा
काङ्ग्रेस–एमालेको रजगजको विरोध आवश्यक
आजको राशिफलः २०८२ साल पुस २४ गते बिहीबार
अक्षय कोषदाता सम्मानित
चतरा सहकारीको नाफा एक करोड ९१ लाख
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved