ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।

स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्। स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्। ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ। ६ जनाको मृत्यु भएको वीवीसीले जनाएको छ ।