बलिउड अभिनेता सलमान खानले कोरोना भइरसबाट बच्नका लागि नमस्कार गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूलाई आग्रह गर्दै सलमानले लेखेका छन्, ‘नमस्कार, हाम्रो सभ्यता नमस्कार र सलाममा छ । जब कोरोना भाइरस नियन्त्रण हुन्छ, तब मात्र हात मिलाउने र अङ्कमाल गर्ने गरौंला ।’

उनले एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् । सलमानले कोरोनाकै कारण फिल्म ‘राधे’ को छायाङ्कन स्थगित गरेका छन् । थाइल्याण्डमा हुने भनिएको सेड्युल उनले केही समयको लागि पछि सारेका हुन् । कोरोनाबाट सुरक्षित हुनको लागि उनले छायाङ्कन नै पछाडि सारेका हुन् ।