धरान /  बिगत लामो समयदेखि ब्रिटिश गोर्खा सैनिकहरुको अधिकारका लागि लडदै आएको सँस्था गोरखा भूतपूर्व संघ (गेसा)ेले शुक्रबार धरानमा लाहुरे समुदायलाई आन्दोलन र उपलब्दीबारे जानकारी सभा गराउने भएको छ ।
शैनिक भवनका ेहलमा अहिलेसम्म गोरखा आन्दोलनबाट भएको उपलब्धीको बारे गोर्खा भूपू सैनिक र उनका परिवारहरुलाई जानकारी गराउने कार्यक्रम रहेको गेसोका अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए ।
‘३ दशक लामो गोरखा आन्दोलनबाट हाल सम्म भएका प्रगती र प्राप्त उपलव्धीका विषयमा देशव्यापी कार्यक्रम अन्तर्गत धरानमा रहेका गोरखा भुप लाहेर लगायतलाई जानकारी गराउन आएका छौं ।’–अध्यक्ष राईले भने ।
वर्षौदेखि विभेद र अन्यायमा परेका गोरखा सैनिकको अधिकारको विषयमा वकालत गर्न सन् १९९० मा स्थापना भएको गेसोले गोरखा सैनिकको न्याय समानताको लागि लड्दै आएकाले गोरखा आन्दोलनको उपलव्धी अव निर्णायक तहमा पुग्न उनको भनाई थियो ।
इतिहाँसमा नै पहिलो पटक गोरखा सैनिकको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले वेलायत भ्रमणका वेला देखाएको कदम नै अहिले गोरखा आन्दोलन अधिकार स्थापित हुने आधार भएको अध्यक्ष राई बताउछन् ।
गेसोले समान कामको समान पेन्सन, रितो हात घर फर्काएर अहिले कष्टकर जीवन विताउन वाध्य भूपू सैनिकलाई स्टेट पेन्सन, गोराको सरह श्रीमानको मृत्यु भए पछि पाउने सेवा सुविधा गोरखा सैनिक परिवारले पनि पाउनु पर्नेलगायतको १३ वुँदे माग राखेर अधिकार प्राप्तीको आन्दोलन लडिरहेको छ ।
गोर्खा भर्तीको सम्बनधमा सन् १९४७ मा नेपाल भारत र बेलायतवीच त्रिपक्षिय सन्धि भएको थियो । उक्त सन्धिको गेसोले विरोध गदैं पुनरावलोकनको माग गदैं आएको छ । गेसोले नेपाल र बेलायतविच दुई पक्षिय सम्झौताको पनि माग गदैं आएको छ ।