धरान/ विहेपछि गुमनाम झैं रहेकी बिपासा बसु माल्दिभ्सको समुद्री किनारमा एकाएक देखा परेकी छन् ।

बसु आफ्नो श्रीमान् करणसिंह ग्रोबरको साथमा देखिएकी हुन् । माल्दिभ्समा उनी छुट्टी मनाउन पुगेकी हुन् । उनले छुट्टी मनाएका तस्बिरहरू सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् ।

जसमा करण र उनको निकै बोल्ड तस्बिरहरूसमेत सार्वजनिक गरेकी छन् । बसुले श्रीमान् करणको ३८ औं जन्मदिनको अवसर पारेर इन्स्टाग्राममा फोटो सार्वजनिक गरेकी हुन् । समुद्री किनारमा उनीहरूले एक–आपसमा लिपलक गरेका तस्बिरसमेत सार्वजनिक गरेका छन् ।

उनीहरू एक–अर्काप्रति समर्पित भएको देख्न सकिन्छ । पछिल्लो समय फिल्म उद्योगभन्दा बाहिर रहेकी उनले तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘एउटा अर्को होलिडे मेरो पार्टनरको साथमा, मेरो सबथोक ।’