ब्लाष्टखबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमण भइरहदा राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा  सोमबार हिंसात्मक प्रदर्शन भएकाे छ ।

नागरिकता ऐनको विराेधमा भएको प्रदर्शनले उग्र हिंसात्मक रूप लिएपछि  १ प्रहरी प्रहरी सहित ४ जनाकाे मृत्यु भएकाे भारतीय संञ्चार माध्यमले जनाएकाे छ ।

केहि समय अघिमात्र पारित भएको नयाँ कानूनले भारतमा मुस्लिम बाहुल्य मुलुकका गैरमुस्लिम आप्रवासीलाई माफी  दिदै कानुनत भारतिय नागरीकता प्रदान गर्ने भएपछि । हिन्दु र मुस्लीम समुदाय विच विराेध र सर्मथन हुदै अाएकाे छ ।

कानुनले भारतकाे साम्प्रदायिक सद्भाव विभाजित गर्न खेजेकाे भन्दै अान्देलन मुस्लीम समुदायले  विराेध गर्दै अाएकाेमा कानुनको समर्थक र विरोधीहरुबीच झडप भएकाे बताइएकाे छ । उक्त झडपमा कयौ घाइते भएको समाचारमा जनाइएको छ ।

 भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले विज्ञप्तिमार्फत दिल्लीवासीलाई साम्प्रदायिक सद्भाव कायम राख्न र धर्मका आधारमा भारतलाई विभाजित गर्न चाहने तत्वहरुको गलत नियतलाई परास्त गर्न आग्रह गरेकी छिन् । सरकारी पक्षले भने सोमबार भएका हिंसात्मक घटनाहरु राष्ट्रपति ट्रम्पको भ्रमणलाई लक्षित गर्दै सुनियोजित ढंगले गरिएको आरोप लगाएको छ । ठाउँठाउँमा  अागजनि सहितकाे भइरहकाे प्रदर्शनीलाइ  नियन्त्रणमा लिन उत्तर पूर्वी दिल्लीका विभिन्न १० ठाउँमा कर्फ्यु लगाइएकाे समाचारमा जनाइएकाे छ ।