बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो । खेल खेल्नु शिशु र बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो । खेलबिना उनीहरूको वृद्धि र सर्वाङ्गीण विकासको आशा गर्न सकिदैन । खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो । सबै बालबालिकाले खेल्न पाउनु पर्दछ ।

खेलको माध्यमबाट बालबालिकाको भाषा, सञ्चार, कल्पना र सोचाइ, शारीरिक सन्तुलन, समन्वय र सक्रियता, समस्या समाधान र निर्णय गर्ने, स्वःप्रोत्साहन, स्वःअनुशासन, स्वःव्यवस्थापन, सिकाइ अनुभव र आत्मविश्वास बढ्ने, समय व्यवस्थापन, जिम्मेवारीवहन, सफलता र असफतामा समायोजन जस्ता सीपको विकास हुन्छ ।
उमेर अनुसारका खेल क्रियाकलाप
एकदेखि दुई वर्षका शिशुसँग गरिने खेल क्रियाकलापः
– नरम बल फाल्ने र समाउन लगाउनु पर्दछ ।
– तोकिएको सामान लिएर आफूतिर बोलाउनु पर्दछ ।
– ब्लक (काठका टुक्रा), डब्बा आदि एक माथि अर्को राख्न लगाउनु पर्दछ ।
– आफूसँग भ¥याङ, खुड्किला चढ्न र तल झर्न सहयोग गर्नु पर्दछ ।
– चित्रकथाका किताब हेर्न, चित्र चिन्न, सँगसँगै कथा भन्ने र कुराकानी गर्नु पर्दछ ।
– हिँड्न र दगुर्न साथ दिनु पर्दछ ।
– उमेर अनुसारको खेल क्रियाकलाप
– उमेर अनुसारको खेल क्रियाकलाप

दुईदेखि तीन वर्षका बालबालिकासँग खेल क्रियाकलाप ः
– रङ्गीन कलमले कागजमा केरकार गर्न लगाउनु पर्दछ ।
– चित्र कथाका किताब हेर्न, चित्र चिन्न, सँगसँगै कथा भन्ने र कुराकानी गर्नु पर्दछ ।
– चित्रमा भएका वस्तु जीव, मान्छेहरूका नाम भन्ने र उनीहरूलाई चिन्न लगाउनु पर्दछ ।
– विभिन्न वस्तु छुन, जान्न र हेर्न लगाउनु पर्दछ ।
– बनाउन वा बिगार्न मिल्ने खेलौनासँग खेल्न दिनु पर्दछ ।
– तीन शब्दसम्मको वाक्य बोल्न सिकाउनु पर्दछ ।
– लामो–छोटो, ठूलो–सानो चिनाउनु पर्दछ ।
– सानो–तिनो कामको जिम्मेवारी वहन गर्न सिकाउनु पर्दछ ।

चारदेखि पाँच वर्ष उमेरका बालबालिकासँग खेल क्रियाकलापः
– चार वर्षको उमेरमा बालबालिका २ वा ३ जनाको सानो समूहमा खेल्न थाल्दछन् । बालबालिकाहरु आफैँ वा कहिलेकाहीँ जोडीमा खेल खेल्ने गर्दछन् ।
– यस उमेरका बालबालिकाले घरेलु क्रियाकलाप खेलको माध्यमबाट सघाउन थाल्छन् र सिकाइ अनुभव गर्दछन् । उनीहरूले गर्न सक्ने क्रियाकलापमा संलग्न गराउनु पर्दछ ।
– खेलौना र सिकाइ सामग्रीको प्रयोग गरी खेलाउनाले उनीहरूको भाषा, गणित, विज्ञान, नैतिक ज्ञान र सिर्जनारकला, को ज्ञान र सीप विकास हुन्छ ।
युनिसेफ नेपाल