बिर्तामोड । झड्केलो बाबुको कुटाइबाट झापाको शिबसतक्षीमा एक महिलाको मृत्यु भएको छ । बिहीबार राती शिबसताक्षी–९ दुधेका भिमबहादुर ठटालले मादक पदार्थ सेवन गरेर दाउराले प्रहार गर्दा उनकी झड्केली छोरी रेखा ठटाल लिम्बुको मृत्यु भएको हो ।

घरायसी बिवादपछि ठटालले छोरीको टाउकोमा अन्धाधुन्द लौरो प्रहार गरेका थिए । घटनामा गम्भिर घाइते भएकी ठटाललाई स्थानीयको सहयोगमा प्रहरीले बिर्तामोडमा उपचारका लागि पठाएको जनाएको छ । घटना पश्चात बोल्न समेत नसकेकी उनको उपचारको क्रममा शुक्रबार राती १२ बजे मृत्यु भएको जिल्ला प्रह्री कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।