मधुमल्ला/ किरात समुदायमा लिम्बू लिपि, मुन्धुम र भाषा साहित्यका प्रर्वतक श्रीजङ्गाको मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोवेनी बजार चौकमा पूर्णकदको प्रतिमा निर्माण हुने भएको छ ।

श्रीजङ्गा युवा क्लब मिक्लाजुङ–३ को आयोजनामा श्रीजङ्गाको प्रतिमा निर्माण गर्न लागिएको श्रीजङ्गा युवा क्लबका अध्यक्ष गणेश कुमार मिभकले बताए ।

श्रीजङ्गाको पूर्ण कदको सालिक निर्माण गर्न मिक्लाजुङ ३ मा रहेको मगर खोलामा भएको एक ढुङ्गालाई सालिकको रूपमा बनाइनेछ । हाल क्लबले प्रतिमा निर्माणका लागि ढुङ्गालाई टाँडी धोवेनी बजारमा लगेर प्रतिमाको रूप दिने काम भइरहेको अध्यक्ष मिभकले बताए । प्रतिमा निर्माण मिक्लाजुङ–५ का मूर्तिकार सूर्य कुलुङ राईले गरिरहेका छन् ।