धरान । धरान –६ स्थित पानवारीमा रहेको एभरेष्ट चिल्ड्रन सकेण्डरी बोर्डिङ स्कुलले वार्षिक उत्सव मनाएको छ । सांगितिक कार्यक्रम गरेर बार्षिक उत्सव मनाएको हो ।
विद्यार्थीहरुले कार्यक्रम अवधीभर प्रस्तुत गरेको नृत्य,गीत र नाटक, फेसन सो बाट अभिभावकले अवलोकन गरेका थिए । नर्सरीका विद्यार्थीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले उपस्थित भएका अभिभावकलाई मनोरञ्जन दिलाएका थिउ ।
विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउन एकल र सामुहिक नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भूपाल पौडेलले जानकारी दिए । प्रतियोगितामा एकल तर्फ ५ जना विद्यार्थी सहभागि थिए । सामुहिक तर्फ २ समुह रहेका थिए । एकल तर्फ कक्षा–८ का छात्रा शुष्मा तामाङ प्रथम, कक्षा–४ की शुस्मिता विक द्धितीय र कक्षा–६ का छात्रा दिव्य विक तृतीय भएका थिए ।
कार्यक्रममा प्रिन्सिपल पौडेलले आगामी ५ वर्ष भित्र विद्यालयले १२ कक्षासम्म सञ्चालन गर्ने योजना वनाएको समेत वताए । यसपाली पहिलो पटक विद्यालयबाट कक्षा १० का विद्यार्थीले एईइ परीक्षामा सहभागी हुँदैछन्,अव अभिभावकको मागलाई ध्यान राख कक्षा ११ र १२ पनि संचालन गर्ने प्रिन्सिपल पौडेलले वताए ।