सुनसरी । इटहरी सम्पन्न जुनियर अन्तर विद्यालय फूटवल प्रतियोगिताको उपाधी लर्ड बुद्ध इन्टरनेशलले स्कुलले जितेको छ । हिम शिखर स्कुल तरहरालाई १–० गोलले पराजित गर्दै लर्डबुद्धले प्रथम अन्तर विद्यालय जुनियर फूटवल प्रतियोगिताको उपाधी हात पारेको हो ।

विहीबार सम्पन्न फाइनल खेलको १२ औं मिनेटमा लर्डबुद्धका दर्शन घिमिरेले गोल गर्दै आफ्नो टीमलाई उपाधी दिलाउन सफल भएका हुन् । प्रतिष्पर्धात्मक खेलमा त्यस पछि कुनै गोल नभएको आयोजकले जनाएको छ । प्रतियोगिता विजेता लर्डबुद्धले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टसहित अन्य अतिथिहरुले विजेता तथा उप विजेता टीमलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा उपविजेता भएको हिम शिखरले नगद ७ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको म्यान अफ द म्याच लर्ड बुद्धका सविन कार्की भए भने वेष्ट डिफेन्स हिमशिखरका नमिन राई भए । यस्तै वेष्ट गोल रक्षक डोरजेस चौधरीले प्राप्त गरे ।

वेष्ट मिडफिल्ड हिमशिखरका प्रिन्स चौलागाई, वेष्ट फरवार्ड लर्डबुद्धका दर्शन घिमिरे, हाइस्कोरर विश्व आदर्शका अप्रित राई, वेष्ट कोच लर्ड बुद्धका विमल मगरले प्राप्त गरेका थिए ।

प्रतियोगिता समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्ट, फुटवल संघ सुनसरी अध्यक्ष केशव कार्की कोषाध्यक्ष गोविदजंग कार्की, एन्फाका प्रशिक्षक श्याम मानन्धर, एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरे, प्रिन्सपल गणेश दुलाललगायतको शुभाकामना दिएका थिए ।

विश्व आदर्श एकेडेमीले खेल सप्ताह आयोजना गरी तेक्वान्दो, एथलेटिक्स बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस र योगा, नृत्य लगायतको प्रतियोगिता विद्यालयले जनाएको छ ।