धरान । विद्यार्थीहरूले गरेका अनुसन्धानलाई बाहिर ल्याउने उद्देश्यले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा गरिएकाे तीन दिने हातीसार एक्स्पोे मंगलबार समापन भएकाे छ ।

एक्स्पोमा भौतिक, शास्त्र, रसायन शास्त्र, वनस्पती शास्त्र, खाद्य प्रविधि, जलवायु परिवर्तन र पर्यावरण, स्मार्ट, प्रविधि, औषधिजन्य वनस्पतिलगायतको प्रदर्शनी गरिएकाे माइक्राेवायाेलोजी विभागका विभागीय प्रमुख तथा एक्स्पो प्रचार विभागको संयोजक धिरेन लिम्बूले जानकारी दिए । एक्स्पाेमा झापा, मोरङ्ग इलाम सुनसरीका  विद्यार्थीहरू सहभागी थिए । 

पहिलाे पटक २०४४ सालमा एक्स्पो भएको थियो । ३२ वर्षपछि एक्स्पो भएकाे हाे । एक्स्पोमा विद्यार्थीहरू, अभिभावक, शिक्षा विद्हरू सहभागी भएको क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बूले बताए । ५६ वटा स्टलहरु रहेको एक्स्पोमा स्नातकदेखि स्नातकाेत्तर अध्ययनरत विद्यार्थीहरूले खाद्य प्रविधि र पोषण अन्तर्गत परम्परागत र आधुनिक खानका विभिन्न परिकारहरू र पेय पदार्थका परिकार ,खाद्य सुरक्षाबारे प्रर्दशनी गरे ।