वराहक्षेत्र / तपाईले विद्यालयको शिक्षक सरुवा भएकोे त सुन्नुभएको होला, तर पुरै विद्यालय नै सरुवा भईरहने कतै देख्नुभएको छ ? छैन भने ! एक पटक वराहक्षेत्र नगरपालिकाको चिलैया टापुमा रहेको विद्यालयमा आउनुहोस, पंत्येक वर्ष जसो सरुवा भईरहने विद्यालय हो श्रीबालसेवा आधारभुत विद्यालय । वडा नम्बर ६ मा, सप्तकोशी नदी किनारमा रहेको चिलैया टापुको विद्यालयले प्रत्येक वर्ष नदीमा आउँने बाढीले गर्दा विद्यालय स्थान्तरणको समस्या भोग्दै आएको छ ,आज यहाँ रहेको विद्यालय भोली काहाँ पुग्ने हो ,टुंगो छ्रैन् ।

विद्यालय समस्या समस्यैले जेलिएको छ ,एकातिर नदी कटानले गर्दा सरुवा भईरहनु पर्ने अन्य वेला त ठिक ठिकै छ ,तर वर्षा शुरु भयो कि डराई डराई श्क्षिकले पढाउनु अनि विद्यार्थीले पढ्नु पर्ने, पान्ी परयो कि ध्यान जति कोशी तिर, प्रधानअध्यापक धनकुमारी राईले बताईन् लगातारको कोशी कटानले गर्दा नदी स्कुलको नजिकै आईसक्यो, अहिले फेरि तत्कालै सार्नुपर्ने स्थिती रहेको छ , हिउँदमा नै विद्यालय सार्नुपर्ने हुन्छ, नसारिने हो भने वर्षातमा धेरै गाहे हुने प्राचार्य धनकुमारी राईले बताईन् ।

२०५४ सालमा स्थापना विद्यालय हुँदा अहिले रहेको स्थान भन्दा आधा किलोमीटर उत्तर दिशामा रहेको थियो । अभिभावकको भेलाले सार्न लागिएको स्थानको टुंगो लगाएको छ , चिलैयाको पश्चिम र माझी गाउँको पूर्वमा रहेको स्थान तोकिएको छ ।

सार्ने त भनियो तर सार्ने पो कसरी ,सबैभन्दा ठूलो समस्या भनेको आर्थिकको नै हो, कसैगरी सारीहाले पनि खुल्ला चौरमा पढाउनुको अर्को विकल्प छैन् । ८७ जना विद्यार्थीलाई कसरी खुल्ला भुईमा पढाउने हो , बाढी आएर विद्यालय भत्काउनु परयो भने, विद्यार्थी लिएर काहाँ जानु र ! चिन्ता गर्दै भनिन् । विद्यालयको समस्या यति मात्र काहाँ हो र , विद्यालयमा एउटा पनि शिक्षकको दरबन्दी छैन् । ६ जना शिक्षक हुनुपर्ने हो, तर ३ जना शिक्षिका मात्र छन् ।

एक पिरियडमा तिन वटा क्लास लिनुपर्ने अवस्था छ ,कक्षामा एउटा राम्रो ब्ल्याक बोर्ड समेत छ्रैन् । खानेपानीको नाममा एउटा कल त्यती हो , विद्यार्थी बस्ने बेन्च अनि अफिसमा टेबल समेत दयनिय छ ,उनले भनिन ।

विद्यालयको सम्बन्धमा नगरपालिका र नगरशिक्षा दुवैमा समस्या अवगत गराएका छौं, निवेदन पनि दिएका दियौं , तर कुनै सुनुवाई भएको छैन् , जनप्रतिनिधि आउँछन् , अनुगमन गरे जस्तो गर्छन् अनि जोखिम क्षेत्र धोषणा भएको भन्दै झारो टार्ने गरेको प्राचार्य राईले गुनासो गरिन् ।

आर्थिक वर्षको२०७५÷७६ को लागि नगरपालिकाले एकमुष्ठ २ लाख ६६ हजार अनुदान दिएको छ ,त्यस वाट एकजना शिक्षक राख्ने अनुमति दिएको छ ,त्यस वाट वर्षभरीको श्क्षिकको तलब दिनु कि ? ,चक डस्टर,फाईल किन्नु अनि ,विद्यालयको मर्मत,अफिस खर्च धान्नु के गर्नु उनले दुखेसो पोखीन् ।
भने वडा नम्बर ६ को कार्यलयले वाल विकास कक्षाको ३ लाख दिएको छ ,त्यती हो ,त्यस वाहेक अरु केही पनि नगरपालिका वाट सहयोग न पाईएको तथा विद्यालय र शिक्षक व्यवस्थापनमा समेत निकै अप्ठ्यारो भईरहेको छ उनले बताईन् ।

शिक्षकको अभाव छ, कुनै दरबन्दी छैन् । प्राथमिक स्कुलमा ३ जना शिक्षक छन् । अनुदानमा स्कुल चल्दै छ , सकियो भने, विद्यालय बन्द हुने अवस्था छ । अभिभावक दिल कुमार माझी भन्छन् ।
विद्यालय शिक्षक अभिभावक संघको अध्यक्ष यु कुमार मगरले,शिक्षक दरबन्दी नभएकोले विद्यार्थीको पढाईमा असर परिरहेको बताए , कोशी कटान नजिकै वाट भईरहेको छ ,यस सम्बन्धमा कुनै मिटिङ्ग आदि भएको छैन् । हेडमास्टर आफै पनि पदेन सदस्य छिन् । शिक्षक दरबन्दी नभएको श्रीबालसेवा नगरपालिकामा एउटा मात्र हो, श्क्षिकको लागि नगरपालिकाले अनुदान उपलब्ध गराएको, वराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम अधिकारीले बताए ।

यो वर्षातमा कोशी विद्यालय सम्म आईपुग्छ ,नया स्थानमा सारिने जग्गाको उपलब्धता बारेमा प्रक्रिया बढाउनको लागि हेडमास्टर र वडा नम्बर ६ को अध्यक्ष संग पनि कुरा भएको उनले बताए ।