भण्टावारी/ सुनसरी रामधुनी नगरपालिकास्थित तितिरबनमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
तितिरबनमास्थित आज बिहान हाइस र नाइट बसमा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको बताइएको हो ।
साथै दुर्घटनामा कति जना घाइते भए भन्ने यकिन भएको छैन । घटनास्थलमा प्रहरीले उद्गार कार्य गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।
इटहरीबाट इनरुवा आउँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।