सिरहा / सिरहाको मिर्चैया नगरपाालिका–५ ट्राफिक प्रहरी पोष्टले चेकिङका क्रममा ३२ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।
चेकिङमा कडाइ गर्ने क्रममा ३२ सवारी साधन नियन्त्रणमा लिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका इञ्चार्ज असइ केदार पौडेलले जानकारी दिए । पौडेलका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने, तीव्र गतिमा चलाउने, हेल्मेट नलगाई चलाउने, कागजपत्र नलिई चलाउने, ठूलो आवाज निकालेर तथा जथाभावी लापरबाही तरिकाले चलाउने चालकलाई कारबाही गरिएको बताए । १ थान अटोरिक्सासमेत नियन्त्रणमा लिएको असइ पौडेलले बताए ।