धरान / जलवायु परिवर्तन, पोषण जाँच तथा वैज्ञानिक आविष्कार लगायतका क्षेत्रको महत्व बुझाउन धरानस्थित कन्द्रीय प्रविधि क्याम्पस हात्तीसारले यहि माघ १९– २१ गते सम्म तीन दिने हात्तीसार एक्स्पो २०२० आयोजना गनेृ भएको छ ।
क्याम्पसमा भईहरेको गतिविधी भौतिक पूर्वाधार ,बिकास, आधुनिक प्रयोगशाला र अध्ययन अनुसन्धानलाई समाज र जनमानसमा पुर्याउने पनि ए्रक्पो आयोजना गर्न लागिएको शुक्रबार गरिएको पत्रकार सम्मेलन आयोजकले जानकारी दिएको छ ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार तथा स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजना र कलेजका बिभिन्न क्षेत्र तथा त्यहाँ अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा एक्स्पोको आयोजना हुन लागेको प्रचार प्रसार संयोजक तथा शिक्षक धिरेन लिम्बुले जानकारी दिए ।

उनका अनुसार एक्स्पोमा परम्परागत देखिआधुनिक खानाहरुको प्रर्दशनी, पोषण जाँच तथा परामर्श सेवा, वैज्ञानिक आविस्कारको प्रदर्शनी, धरान क्षेत्रको भौर्गभिक नमुनाहरुको प्रर्दशनी, कोरोना तथा डेंगु लगायतका भयावह रोगहरुसम्बन्धी जनचेतनामुलक जानकारी, गराइने छ ।
क्याम्पसकै खेल मैदानमा हुन लागेको सो एक्स्पोमा ५० वटा स्टलहरु रहने क्याम्पसका निमित्त प्रमुख दिल कुमार लिम्बुले जानकारी दिए ।

करिब १३ लाखको अनुमानित लागतमा हुन लागेको सो एक्स्पोमा राष्ट्रिय कलाकार सबिन राई , सुगम पोखरेल लगायतले प्रस्तुती दिने छन् ।