विराटनगर / विराटनगर – ११ पिचरास्थित ७९ वर्षीय जाडोले कठ्याङग्रिएर विरामी भई थला परेकी एक जना वृद्धाको उद्धार गरिएको छ ।
लामो समयदेखि विरामी भई हिडडुल गर्न नसक्ने वृद्धा चन्द्रकुमारी ठाकुरीको बुधबार राती उद्धार गरिएको हो ।
सामाजिक अभियान्त पेरिस सुवेदीको पहलमा युवाहरूको समूहले वृद्धाको उद्वार गरेपछि विराटनगरस्थित मानवसेवा आश्रममा वृद्धा ठाकुरीलाई राखिएको छ । श्रीमानको मृत्यु भएपछि वृद्धा ठाकुरी सडकको नालामाथि टिनको छाप्रो बनाएर बसोबास गर्दै आएका थिए । उनको दिशापिास एकै ठाउँमा हुने गरेको थियो । विराटनगर ११ का वडा अध्यक्ष तिर्थेन्द्र नेउपाने, सामाजिक अभियानता सुवेदीको सहकार्यमा उद्धार गरिएको छ ।
पुसको सुरुवातदेखिनै सितलहरसँगै बढेको जाडो र विरामीले थला परेकी वृद्धाको जीवन कष्टकर तरिकाले बितेको थियो । जाडो बढेपछि उनी तावामा आगो बालेर रात कटाउने गरेकी थिइन् ।
‘यस्तो दहनिय अवस्था रहेको वृद्धाको पीडा देखेपछि लगातारको प्रयासपछि वृद्धाको उद्धार गरिएको छ,’ सामाजिक अभियान्त सेवेदीले भने, ‘अहिले वृद्धा ठाकुरीको रेखदेख मानवसेवा आश्रममा राखिएर गरिनेछ ।’ उद्धार गरिएको ठाकुरीको उपचार पनि मानवसेवा आश्रममा भइरहेको सामाजिक अभियान्त सुवेदीले बताए । वृद्धाको हेरचारको लागि आश्रमले कर्मचारी खटाएको छ ।
यस अघि पनि विराटनगरको विभिन्न स्थानबाट सामाजिक अभियान्त सुवेदीको पहलमा बेवारिसे र मानसिक सन्तुलन गुमाएका व्यक्तको उद्धार गर्दै आएका छन् ।