ब्लाष्टखबर । बराहक्षाेत्र नगरपालिका १ स्थित भित्री सडकखण्डमा पर्ने रानी खाेलाकाे पुलमा ट्रयाक्टर दुर्घटना हुदाँ धरान ५ र १५ का २१ जना घाइते भएका छन् । 

धरानबाट बराहक्षेत्र  पुजाका लागी जादै गरेको को२ त ८४८६ नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुदाँ  धरान १५ र ५ का २१ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय चतराले जनाएकाे छ । 

पञ्चेउली पुजाकालागी काेशी नदी हिडेका उनिहरू सवार ट्याक्टर ब्रकफेल हुदाँ उक्त दुर्घटना भएकाे दुर्घटनाका एक घाइतेले बताए । 

दुर्घटनामा घाईते भएका सबैकाे विपिकाेइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।  ट्याक्टर चालक धरान ५ बस्ने राजमार राई ईलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।