इटहरी / इटहरीमा बरिष्ठ कवि तथा पत्रकार राजकुमार कार्कीद्वारा लिखित कविता लोकार्पण गरिएको छ ।
प्रगतिशील लेखक संघ सुनसरीद्वारा प्रकाशित कविता संग्रह “राजकुमार कार्कीका कविता“ इटहरीमा लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ उपेन्द्र पागल, प्राडा भीम खतिवडा, बम देवान, कृष्णबिनोद लम्साल, मनु मन्जिल, बिक्रमश्री, प्रलेस सुनसरी अध्यक्ष राम खरेललगायतले कृतिको लोकार्पण गरे । लेखेकै कारण लामो सयम जेल जीवन भोगेका कार्कीका क्रान्तिकारी कविताहरु संग्रहमा समेटिएको छ ।
84348842_665011964244312_2782747368783609856_o कार्यक्रममा अग्रज पत्रकार तथा लेखकका सहोदर भाई किशोरकुमार कार्कीले कार्कीको लेखनीबारे परिचय गराएका थिए ।
प्रलेस सुनसरी अध्यक्ष राम खरेलले अक्षयकोषको स्थापना गर्ने घोषणा गरे ।
बर्षमा दुई श्रष्टालाई सम्मान गरिने उनको भनाई थियो । एक श्रष्टालाई पुरस्कार र एकजनालाई सम्मान गर्ने गरी दस लाखको कवि कार्कीको नाममा प्रलेस कोष स्थापना गरिएको खरेलले बताए ।
‘नेपाली समाज रुपान्तरणको पक्षमा हामीले यो कोष स्थापना गरेका हौँ ।’–उनले भने, यो कुनै सरकारी कोषबाट ल्याएर स्थापना गरिएको पुरस्कार हैन ।’
यसैबीच आगामी चैत्र पहिलो शनिबार पत्रकार तथा कवि श्रीशीशा राइलाई ‘राजकुमार कार्की प्रगतिशी पुरस्कार’ प्रदान गरिने भएको छ । त्यसैगरी प्रलेस सम्मान २०७६ बाट डम्मरु बल्लभ भन्डारीलाई सम्मान गर्ने बताएको छ ।

83048571_665011790910996_8859939072567672832_o