Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • १० दिनभित्र नयाँ अस्पताल निर्माण

१० दिनभित्र नयाँ अस्पताल निर्माण कोरोना भाइरस उपचार व्यवस्थित गर्न चीनको प्रयास

alt
  • माघ ११, २०७६
  • ब्लाष्ट खबर
 
एजेन्सी /  चीनले कोरोना भाइरसका बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न कठिनाई भएको भन्ने सूचनाका आधारमा चीनको प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोरोना भाइरस सङ्क्रमण भएका विरामीलाई सहज उपचारको व्यवस्थालाई प्रत्याभूत गरिने अधिकारीहरूले बताएका हुन् । नयाँ अस्पतालको निर्माणले कोरोनाका बिरामीलाई अन्य अस्पतालमा छुट्टाएर सेवा दिनुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास लिइएको छ ।
वुहानमा निर्माण गरिने उक्त अस्पतालको क्षमता एक हजार सीटको हुनेछ भने अस्पताल २५ हजार वर्गमिटरमा निर्माण हुने सिन्ह्वा समाचार समितिले जनाएको छ । चीनका विभिन्न सहरी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीत्र्र बनेपछि प्रशासनले आगामी फेब्रुअरी ३ सम्ममा नयाँ अस्पतालमा सेवा सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएको हो । कोरोना भाइरसका कारण शुक्रबारसम्म चीनमा २६ जनाको मृत्यु भएको छ भने सयाँै व्यक्तिमा सङ्क्रमण देखिएको छ ।
चिनियाँ अधिकारीले अहिलेसम्म ८२० जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको जनाएका छन् तर यो सङ्ख्या चीनले उपलब्ध गराएकोभन्दा निकै धेरै भएको अनुमान स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् । सङ्क्रमण फैलिन नदिन कोरोनाको पहिलो विरामी भेटिएको वुहान सहरबाट अति आवश्यक बाहेक नागरिकलाई अन्यत्र नजान आग्रह गरिसकिएको छ ।
अस्पताल निर्माणका लागि दर्जनौँ एक्स्काभेटर र ट्रकहरूले काम सुरू गरिसकेका चिनियाँ टेलिभिजन सीसीटीभीले आफ्नो समाचार प्रशारणमा देखाएको छ ।
“नयाँ अस्पतालको निर्माण सजिलै सङ्क्रमण हुने कोरोना भाइरसको उपचारमा देखिएका समस्यालाई न्युनिकरण गर्न र रोगको उपचारलाई विशेषज्ञ चिकित्सकहरूको अभाव हुन नदिन र सेवा प्रदान गर्न सहज वातावरण निर्माण गर्नका लागि लक्षित रहेको छ,” सिन्ह्वाले लेखेको छ । “हामीले वुहानमा रहेका सम्पूर्ण कामदारलाई निर्माणका लगि दिनरात विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाएका छौँ,” वुहानका निर्माण कम्पनीका व्यवस्थापक झाङ चोङ्सीलाई उद्धृत गरी सिन्ह्वाले जनाएको छ । चीनमा सन् २००३ मा श्वासप्रश्वाससम्बन्धी जटिल प्रकारको सङ्क्रमण (सार्स)का विरामी अत्यधिक बढेपछि माहामारीलाई नियन्त्रण गर्न बेइजिङको बाहिरी ग्रामिण इलाकामा एक हप्ताभित्रै अस्पताल बनाइएको थियो ।
सार्सका कारण सन् २००२ देखि सन् २००३ सम्ममा चीनमा ३४९ र हङकङमा २९९ को मृत्यु भएको थियो । सिआओटाङसान अस्पताललाई तयारी सामानहरूको प्रयोग गरीे त्यही नमूनामा भवन निर्माण हुने सिन्ह्वाले जनाएको छ । वुहानमा करिब एक करोड १० लाखको हाराहारीमा जनसङ्ख्या रहेको र विरामीको चाप बढेपछि निश्चित अस्पतालका विभिन्न ६१ क्लिनिकमार्फत् कोरोनाका विरामीलाई छुट्टै राखी उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
सम्बन्धित समाचार
अकबरे खुर्सानी रोप्न व्यस्त किसान

विजयपुर । भोजपुरका किसान अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो ...

आजको राशिफलः २०८२ साल फागुन ३० गते शनिबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ३० गते शनिबार, १ ...

पाँचथरमा खानेपानी संकटः बस्ती छाड्न बाध्य स्थानीय

विजयपुर । पाँचथरको लखुवा–मौवा सडकको दायाँतर्फ आङ्ना गाविसका पूर्वअध्यक्ष सु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अकबरे खुर्सानी रोप्न व्यस्त किसान
आजको राशिफलः २०८२ साल फागुन ३० गते शनिबार
पाँचथरमा खानेपानी संकटः बस्ती छाड्न बाध्य स्थानीय
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
बलात्कार र हत्याका विरुद्ध धरानमा प्रदर्शन
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्नुः मानव अधिकार आयोग
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
वायु प्रदूषणः डब्लुएचओ मापदण्डभन्दा आठ गुणा बढी
जलमार्ग सञ्चालनले हतुवागढी–तराई आवागमन सहज
साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने अध्यक्ष राईको चेतावनी
अतर्राष्ट्रिय नारी दिवसमा छात्रालाई सेनिटरी प्याड
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग
प्रतिनिधिसभा निर्वाचनः आफ्नै वडामा ठूला दल ‘अलोकप्रिय’
मौन अवधिमा किन भेटे अमेरिकाका वाणिज्य दूतले ?
ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved