विरा६नगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सुभामुख प्रदिपकुमार भणरीले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
२८५६ औँ सोनाम ल्होसारको अवसरमा आज छ्ट्टाछ्टै शुभकामना सन्देश दिँदै तामाङ भाषामा ‘ल्होछारला ज्याबाडान्बा मुवा’अर्थात् नयाँ वर्ष (‘ल्होसार’को शुभकामना सन्देश बाढेका हुन ।

सन्देशमा बुहभाषा संस्कृति र संस्कार भएको मुलुकमा यस पर्वले नेपाली नेपालीबीच भाइचाराको विकास गर्ने उल्लेख गरिएको छ । विविध भाषाजातीय र उनीहरुको संस्कार र संस्कृतिले प्रदेशका जनतामा भाइचार स्थापित गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ । मुख्यमन्त्री राईले भिडियो मार्फत पनि शुभकामना सन्देश दिएका छन् ।

बाह्र वर्षलाई एक वर्गका रुपमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष भनी हिसाब गरेर मनाइने ल्होसार यो वर्ष सुँगुर वर्गलाई बिदा गरी मुसा वर्गलाई स्वागत गरेर आज धुमधामसँग मनाइँदैछ । तामाङ भाषामा ‘ल्हा’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने अर्थ लाग्छ । त्यसैले ल्होछार भन्नाले नयाँ वर्ष वा नयाँ साल भनेर बुझिन्छ ।